नरमायाँले गरिन जिबन रक्षाको अपिल

0

रघुगंगा गाउँपालिका १ बेगमा सुकुम्वासी बस्तीमा बस्तै आएकी नरमायाँ तिलिजाले अस्पतालको शैयाबाट जिबन रक्षाको अपिल गरेकी छिन । दुई सन्तानकी आमा बनेकी नरमायाँले आफु २५ वर्षको उमेर छदा नै श्रीमान कर्ण बहादुर तिलिजालाई गुमाईकी थिईन त्यो पिडा त छ दै छ आफ्नो केही नभएकी तिलिजा जेला मजदुरी गर्दै घर खर्च आफ्ना दुई सन्तानको पठनपाठन गराउदै आएकी थिईन ।

ज्याल मजदुरीकै क्रममा गत तिन गतेका दिनमा रुखमा घासाँ काट्ने क्रममा खसेर मेरुदण्ड भाचिँएको छाती र कोखमा ठुलो चोट परेकाले हाल मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराई राखेकी नरमायाँले आफ्ना दुई छोराहरुको लागि भए पनि आफ्नो जिबन रक्षाको लागि अपिल गरेको नरमायाँको बहिनी आषिका पुर्जाले बताईन ।

दीदिको लागि आफुले सक्ने जति गरे अझै धेरै खर्च लाग्ने भएपछि देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुको सहयोगको अपेक्षा गरेको पुजाले बताईन ।अस्पतालले छाती कोखो र मेरुदण्डको जटिल अप्रेसन गर्नुपर्ने बताएपछि उनि झन ठुलो पिडामा परेकी छन ज्याला मजदुरी गरि साना साना काम र छाक टार्ने गरेकी नरमायाँलाई अप्रेसनको कुराले निकै ठुलो पिडा दिएको छ । उनका एक १८ वर्षिय अर्को १६ वर्षिय दुई छोरा रहेका छन । आमालाई उपचार गराउनको लागि उनीहरुले सहयोगको अपिल गरेका छन