पर्वत जिल्लाको मल्लाज माझफाँटमा संचालीत खानेपानी तथा सरसफाई परियोजनाको काम थालनी भएको छ । जर्मन रेडक्रस र नेपाल रेडक्रसको संयुक्त आयोजनामा उक्त परियोजनाको लागि शनिवार गाउँ स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो गाविसका एक देखि नौ वडासम्म स्वास्थ्य शिक्षा खानेपानी करेसावारी जुठेल्नो ट्वाईलेट लगायतका सुविधाहरु पुर् याउनका लागि उक्त परियोजना थालनी गरिएको वताइएको छ । अभिमुखिकरणमा परियोजनाको लक्ष्य उद्देश्य वजेट सम्पन्न हुने मिति लगायतका वारेमा स्थानीय उपभोक्ताहरुलाई जानाकारी गराईएको थियो । कुल तिन करोड ४८ लाखको लागतमा काठमाण्डौको एक गाउँ र पर्वतको मल्लाजमा एकपटक संचालन हुन थालेका परियोजनाका लागि आवश्यक तयारीहरु भैसकेको जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका सभापति शुन्दर प्रसाद जोसीले संचालीत परियोजनाको कुल वजेट र कार्यक्रम वारे जनताहरुलाई अवगत गराउनुभएको थियो ।

कार्यक्रममा परियोजना अधिकृत कृष्ण अगस्थी हरीनारायण त्रिपाठी र कृष्ण कुमारी धितालले खानेपानी तथा सरसफाई परियोजनाका वारेमा मानविय चेतना र रेडक्रसका वारेमा सर्वसाधारणहरुलाई जानाकारी गराउनुभएको थियो । सो अवसरमा नेकपा माओवादीका वावुराम कार्कि नेकपा एमालेका लालवहादुर अधिकारी नेपाली कांग्रेसका चन्द्रवहादुर जिसी नेपाल रेडक्रस सोसाई पर्वत शाखाका उपमन्त्री विमलशर्मा पौडेल मिना केसी लगायतले वोल्नुभएको थियो ।

नेपाल रेडक्रस मल्लाज उपशाखाका सभापति भिष्म मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत रामवहादुर कार्कि र संचालन इन्द्रवहादुर अधिकारीले गर्नुभएको थियो ।

विज्ञापन