नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रदेश नं ४ को केन्द्रिय सदस्यमा म्याग्दीका सुमन श्रेष्ठ अत्याधिक मतले विजय भएका छन् । चितवनमा सम्पन्न भएको महाधिवेशनमा म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव समेत रहेका श्रेष्ठ ले १२० मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्द्धी यूवराज बस्यालले ५१ मत ल्याए।

म्याग्दी जिल्लाको यातायातको क्षेत्रमा लामो समय देखी सक्रिय रहेका श्रेष्ठलाई साविकको धौलागिरी अञ्चल सहितका जिल्लाबाट समेत सहयोग प्राप्त भएको थियो। यातायात ब्यवसायी प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष, म्याग्दी जीप तथा बस सञ्चालक समिति बाहेक म्याग्दीकाली यातायात सहित विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका श्रेष्ठ ले विजय बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

‘यो जितलाई प्रदेशभित्रका जिल्लाको यातायातको क्षेत्रमा प्रयोग गर्नेछु । समस्या, आवश्यकलाई केन्द्रित गरेर काम गर्नेछु’ श्रेष्ठले बेनीअनलाइनलाई भने । उनले जिल्लाभित्रको यातायातको क्षेत्रमा रहेका समस्या र यात्रुको सहजताका लागि समेत आवश्यकता अनुसारका योजनाहरु ल्याउने बताए । देश संघियतामा प्रवेश गरेपछि यातायात ब्यवसायीले समेत संघिय संरचनाको प्रयोग गरेका छन् ।