बरंजाका विद्यालयमा डस्विन र शैक्षिक साम्रागी सहयोग सहयोग

0

मंगला गाउँपालिको बरंजाका सामुदायिक विद्यालयमा फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी क्लब र बरंजा छात्रावृत्ती अक्षयकोषले मंगला गापाको वडा नम्बर ३ र ४ मा रहेका महेत्द्ररत्न मावि, जनप्रिय आधारभुत, महेन्द्ररत्न आधारभुत, जनप्रिय आधारभुत बुकेनी गरी ४ विद्यालयलाई १३ वटा डस्टबिन वितरण गरिएको लोकेश पुन मगरले बताए ।

उनका अनुसार सदरमुकाम बेनीका विभिन्न संघसंस्थाका साथै ब्यक्तिगत रुपमा सङ्कलन गरिएको डस्टबिनलाई फोहोर संकलन तथा विद्यार्थीको सरसफाई सम्बन्धि आनीवानीमा परिर्वतन ल्याउने अपेक्षा गरिएको बताए । ‘पूर्व विद्यार्थीको जिम्मेबारी पुरा गर्ने प्रयासमा छौ, अगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिनेछौ’ उनले भने ।

जिल्लामा साविकका गाविसमा सबैभन्दा धेरै सामुदायिक विद्यालय रहेको गाविस समेत मानिने बरंजाका बाँकी ८ वटा विद्यालयमा समेत आवश्यक डस्विन संकलन गरिने बताए । सोही अवसरमा महेन्द्ररत्न माविको कक्षा ९ र १० का विद्यार्थीहरुलाई पूर्व शिक्षक कृष्ण जिसीले एसईई पछि कुन विषय अध्ययन गर्ने भन्ने विषयमा अभिमुखीकरण गरेका थिए।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले पूर्व विद्यार्थीको सक्रियताबाट विद्यालयको शैक्षिक गुणस्तर बढाउन सहयोग पुगेको बताए ।‘शैक्षिक र भौतिक पूर्वाधार विस्तारमा पूर्व विद्यार्थीको भूमिका महत्वपूर्ण देखिएको छ । राज्यको सहयोगले मात्रै प्रयाप्त छैन’ उनले भने ।

बरंजाका सामुदायिक विद्यालयबाट माध्यामिक तहको पढाई सकेका विद्यार्थीको सक्रियतामा स्थापना भएको कोषले यसअगाडी दुईवटा सामुदायिक विद्यालयका लागि विद्युतीय पुस्तकालय स्थापनामा समेत आर्थिक सहयोग जुटाएका थिए ।

पुर्व विद्यार्थीहरुले महेन्द्ररत्न माविमा चार लाख रुपैयाको अक्षयकोष समेत स्थापना गरेको केपी सापकोटाले बताए ।सोही अवसरमा महेन्द्ररत्न माविका प्रअ कृष्णलाल सापकोटा, म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्य, कुमारी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र गुरुङले मन्तब्य व्यक्त गरेका थिए । पुर्व विद्यार्थीहरुले महेन्द्ररत्न माविमा चार लाख रुपैयाको अक्षयकोष समेत स्थापना गरेका छन् । कार्यक्रमको अध्यक्षता कार्यक्रमको अध्यक्षता पूर्व विद्यार्थी पूर्णबहादुर रोका, स्वागत लोकेश पुनमगर र सञ्चालन केपी सापकोटाले गरेका थिए ।