म्याग्दी जेसीज सन् २०१८ को अध्यक्षमा कमल विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । शनिबार बेनीमा सम्पन्न १९ औ बार्षिक साधारणसभा तथा अधिवेशनबाट बरिष्ठ कार्यकारीणी उपाध्यक्ष सैलेश श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा खम थापा र भरत रकाल, महासचिव विरेन्द्र श्रेष्ठ,उपाध्यक्षमा अर्जुन पौडेल, भिमनाथ शर्मा, दिनेश बानियाँ, सन्दिप खत्री, कोषाध्यक्ष सुजन बरुवाल,शाखा सम्पादक भुपेन बानिया, सहसचिव सुमन बानियाँ, सह कोषाध्यक्ष विष्मा श्रेष्ठ रहेका छन् ।

अधिवेशनबाट निर्वतनमान अध्यक्ष नारायण बराल,कानुनी सल्लाहकार भिमसेन बराईली चयन गरेको छ ।त्यसैगरी अध्यक्ष क्लव विजय श्रेष्ठको अध्यक्षता र बोर्ड अफ ट्रष्टको अध्यक्षमा सिनेटर रमेश कुमार श्रेष्ठ रहेको कानुनी सल्लाहकार भिमसेन बराईलीले बताए ।

जेसीजको विधानमा निर्वाचित अध्यक्षले कोषाध्यक्ष, सहसचिव र सहकोषाध्यक्ष मनोनित गर्ने प्रावधान रहेपनि संस्थागत गतिविधिलाई निरन्तरता दिन सक्ने र आकांक्षीबाट चयन गरिएको जनाइएको छ । साधारण सभाको अवसरमा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्ष उत्तम कुमार कर्माचार्य, सरोजकुमार श्रेष्ठ, इश्वर श्रेष्ठ, विनय श्रेष्ठ,नवराज पौडेल, भिमसेन बराईली लगाएतको उपस्थिीति रहेको थियो। सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, सदस्यको क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ ।

नेपाल जेसीजका विभिन्न अवार्डबाट समेत सम्मानित भएको जेसीजका नवनिर्वाचित अध्यक्ष विश्वकर्मालेविगतमा सञ्चालित कार्यक्रमसँगै सामाजिक कार्य तथा यूवाको क्षमता अभिबृद्धिका साथै स्थानीय तहसम्म कार्यक्रमहरु सञ्चालन गर्ने जनाए । उनले जिल्लाको सदरमुकाम देखी हरेक गाउँपालिका भित्रका यूवाहरुलाई जेसीजमा आर्कषित गर्ने बताए । पेशाले सुनचाँदी ब्यवसायी रहेका विश्वकर्मा सफल यूवा ब्यवसायीमा चिनिन्छन् ।

विज्ञापन