बेनीमा सिद्धार्थ बैंकको शाखा उद्घाटन (फोटो फिचर)

0
323

म्याग्दीको सदरमुकाम बेनीमा कारोबार गरिरहेको सिद्धार्थ बैंक लिमिटेडको आइतबार एक समारोहका बीच उद्घाटन भएको छ ।बेनीको न्यूरोडमा रहेको शाखाको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले संयुक्त रुपमा गरेका थिए ।

शाखाको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले जिल्लामा वित्तिय संस्थाले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। उनले आर्थिक अवस्था कमजोर भएका विपन्न बर्गका लागि सरल र सुलभ कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले ग्रामिण क्षेत्रमा रहेका यूवालाई पलायन हुनबाट रोक्न सहज र सरल तरिकाले वैकिङ सेवा प्रवाह गर्नुपर्नेमा बताए।

‘जिल्लामा भित्रिने रेमिट्यान्सलाई सदुपयोग गर्न बैंकले गाउँसम्म वित्तिय अभियान सञ्चालन गर्नुपर्छ ।दैनिक पलायन हुने पुँजीलाई रोक्न जिल्लामै सम्भावना भएका क्षेत्रमा लगानीको आवश्यकता छ’ उनले भने । कृषि, पर्यटन, जलविद्युतका साथै साना उद्यमीहरू मार्फत समेत समृद्ध म्याग्दी बनाउन सकिने भएकाले स्थानीय तहमा शाखा विस्तार गर्ने वित्तिय संस्थाले आवश्यकता र प्राथमिकताका आधारमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा शाखा मार्फत म्याग्दीवासीहरुलाई सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको थियो । बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेलले शाखा मार्फत् बिपन्न वर्गको उत्थानका लागि सरल सिद्धार्थ कर्जा कार्यक्रम सञ्चालन गरिने बताए ।

‘सहर देखी गाउँसम्म लगानी पु¥याउन प्रतिबद्ध छौ । उद्यमशिल युवाहरुलाई स्रोतको अभाव हुन नदिने बैंकको नीति रहेको छ’ कँडलले भने ।उनले स्थानीय तह सँग समन्वय र सहकार्य गर्दै जिल्लाको उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रतिबद्धता जनाएका थिए । बैंकको आठ अरब ५० करोड चुक्ता पूँजी रहेको छ । बैंकले पाँचलाख ग्राहक मार्फत ८७ अरब निक्षेप संकलन र ७७ अरब कर्जा प्रवाह गर्नुका साथै गत आवमा ७७ करोड खुद आम्दानी गरेको शाखा प्रवन्धक गणेश पाठकले जानकारी दिए । बैंकको बेनी शाखा सँगै देशभर ९५ शाखा सञ्चालनमा रहेको जनाइएको छ ।