सिद्धार्थ बैंकले जेष्ठ नागरिक आश्रमलाई २ लाख ११ हजार सहयोग

सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ धार्मिकस्थल गलेश्वरधाममा अवस्थित जेष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेको छ ।

आइतबार बेनी शाखाको उद्घाटनको अवसरमा बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेल, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीलाई दुइलाख ११ हजार एकसय एघार रुपियाँको अक्षयकोष स्थापनाका लागि नगद हस्तान्तरण गरेका थिए ।

बैंकले सामािजक उत्तरदाहित्व अन्र्तरगत बृद्धबृद्धाको बसोबासलाई सहज बनाउने उदेश्यले कोषको स्थापना गरेको बैंकका बेनी शाखा प्रमुख गणेश पाठकले बताए। ‘ वित्तिय कारोबार बाहेक सामाजिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौ ।भविस्यमा पनि विभिन्न क्षेत्रमा सहयोग गरिनेछ’ उनले भने ।

बैंकको आठ अरब ५० करोड चुक्ता पूँजी रहेको छ । बैंकले पाँचलाख ग्राहक मार्फत ८७ अरब निक्षेप संकलन र ७७ अरब कर्जा प्रवाह गर्नुका साथै गत आवमा ७७ करोड खुद आम्दानी गरेको थियो । बैंकको बेनी शाखा सँगै देशभर ९५ शाखा सञ्चालनमा रहेको जनाइएको छ ।