प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले २० औ स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ । प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण गरि स्थापना दिवस मनाएको हो ।दिवसको अवसरमा आयोजित फलफूल वितरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले संचारक्षेत्रको सहयोगमा देश समृद्धी तर्फ उन्मुख हुने बताए ।

उनले जिल्लामा सक्रिय रहेको पत्रकारले जिल्लाभित्रका गतिविधिमा देखाएको सक्रियताबाट उत्साहित भएको बताए । नागरिकले सूचना पाउने अधिकार भएको हुदाँ सत्य र निष्पक्ष सूचना तथा समाचार प्रशासरण गर्ने संचारमाध्यको कतव्र्य भएको बताउँदै श्रमजीवि पत्रकारको हकहितमा सधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, जिल्ला अस्पताल म्याग्दीका अध्यक्ष माधवप्रसाद रेग्मी, डा.रोशन न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता तथा शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन कोषाध्यक्ष अमित विश्वकर्माले सञ्चालन गरेका थिए ।