दृष्टिविहिन विद्यार्थीलाई म्याग्दी विकास मञ्चको ५० हजार सहयोग

0
317

म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहिन विद्यार्थीलाई छुट्टै पुस्तकालय स्थापना गरिने भएको छ । विएड दोस्रो बर्षमा अध्ययरत दृष्टिविहिन विद्यार्थी गोपाल खत्री र विएड प्रथम बर्षमा अध्ययरत धनमायाँ विकलाई आवश्यक पर्ने शैक्षिक साम्रागीको अभावले पठनपाठनमा असर गरेपछि सुरू भएको अभियानमा म्याग्दी विकास मञ्चले ५० हजार सहयोगको घोषणा गरेको छ ।

मंगलबार क्याम्पसमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघका संस्थापक अध्यक्ष एवम् म्याग्दी विकास मञ्चका अध्यक्ष प्रकाश पुनले दृष्टिविहिन विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उदेश्यले छुट्टै पुस्तकालय बनाउने तयारीमा पहिलो चरणमा ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।‘अपाङ्ता भएका विद्यार्थीलाई शैक्षिक साम्रागीको अभावले परेको समस्या सुन्दा दुख लाग्यो ।आवश्यक साम्रागी सहितको पुस्तकालयमा भविस्यमा पनि सहयोग गर्नेछु’ उनले भने ।

म्याग्दी बहुमुखी क्याम्पस र स्वतन्त्र विद्यार्थी यूनियनको पहलमा पुस्तकालय भित्र छुटै कक्षको स्थापना गरी सहज आवतजावत तथा आवश्यक बोल्न कम्प्युटर, बे्रल लिपी, स्टेशनरी, अडियो पुस्तकहरू, ब्रेल पेन सहित पाठ्यक्रम उपलब्ध गराउने स्ववियू सभापति सावित्री खत्रीले बताईन् । ‘अन्य संघसंस्थालाई पनि सहयोगको अनुरोध गर्दछौ । आगामी बैशाख महिनाभित्र पुस्तकालय स्थापना गर्ने लक्ष्य रहेको छ’ उनले भनिन् ।साङ्ग विद्यार्थीैसंगै कक्षमा दृष्टिविहिनलाई शैक्षिक साम्रागीको अभावका साथै कम्यूटरको सहायताबाट समेत अध्ययन गर्न मिल्ने साम्रागी नहुदाँ पठनपाठनमा समस्या भइरहेको थियो ।

दृष्टिविहिन विद्यार्थीलाई लक्षित गरी स्थापना गरिने पुस्तकालयको बारेमा जानकारी गराउने उदेश्यले आयोजित कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका सभापति तारानाथ शर्मा, म्याग्दी विकास मञ्चका महासचिव दिनेशनारायण श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी लगाएतको उपस्थिति रहेको थियो ।

आर्थिक अवस्था कमजोर र परिवारको असहयोगका कारण उच्च शिक्षा अध्ययनबाट बन्चित भएकी विकलाई बेनीअनलानको प्रयासमा आर्थिक संकलन गरी क्याम्पसमा भर्ना गरिएको थियो । यसअगाडी खत्रीलाई चारबर्षसम्म न्यु धौलागिरि सहकारी र विकलाई बेनी नगरपालिका–७ न्यूरोड निवासी समाजसेवी लिला बहादुर बानियाँले चारबर्षे स्नातक तहको पढाईसम्मको अध्ययनका लागी दुई लाख ४० हजार, म्याग्दी बहुमुखी क्याम्पसले पूर्ण छात्रबृत्ती, विहान बेलुकीको खाना बाहेक आवास सुविधा निशुल्क उपलब्ध छ ।