बारीमा फलेको काउली

रघु्गंगा गाउँपालिका २ भगवतीमा आफ्नै बारीमा फलेको काउली देखाउँदै पदम कार्की । म्याग्दी जिल्लाको चिसो हावापानी काउली खेतीका लागि उपयुक्त मानिन्छ । समान्यतया हिउँदको समयमा कोलीको खेती गरिन्छ । यसको खेतीका लागि बलौटे दोमट माटो उपयुक्त हुन्छ । म्याग्दी जिल्लामा समेत तरकारी खेतीमा आर्कषण बढ्दै जान थालेपछि बेनी नगरपालिका सहित जिल्लाका सबै गाउँपालिका काउली खेती गरिन्छ । अझैपनि जिल्ला बाहिरबाट दैनिक काउली खपत हुन्छ । तस्वीर सौजन्य राखु सुचना केन्द्र

Facebook Comments