पूर्वाधारले चिटिक्क बन्दै टोड्के (फोटो फिचर)

0

म्याग्दीको पर्यटकीयस्थल टोड्केमा धमाधम पूर्वाधार विस्तार भइरहेको छ । जिल्लाको मंगला–१ कुहुँ, रघुुगंगा गाउँपालिका–५ झिँ र बेनी नगरपालिका–१० पात्लेखेतको सिमानामा अवस्थित टोड्ेमा पर्यटकीय तथा धार्मिकस्थलको रुपमा विस्तार गर्ने उदेश्यले धमाधम पूर्वाधार निर्माण भइरहेको हो ।

धार्मिक रुपमा स्वर्गद्धारीको शाखा मानिने टोड्केलाई हिन्दु धर्मालम्बीलाई आर्कषित गर्न मन्दिर सहित विभिन्न संरचना निर्माण गरिएको छ । गत बर्षको फागुन २५ देखी ३० गतेसम्म दोस्रो टोड्के महोत्सवको आयोजना गरिएको शिव पु्रान एवम् महायज्ञबाट संकलन गरिएको आर्थिक र साविकको कुहुँ, झिँ र पात्लेखेत गाविसबाट विनियोजित कुल ७ लाखमा जिर्ण अवस्थामा रहेको शिव मन्दिरलाई पुरानै संरचनामा पूननिर्माण गरिएको कुहुँका यूवा एकजित रोकाले बताए ।

उनका अनुसार काठमाण्डौमा रहेको राम मन्दिरको सहयोगमा ११ लाखको लागतमा ४ कोठे चर्पी सहितको आश्रम निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्यको रुपमा समेत चिनिएको टोड्केमा पर्यटन बोर्डबाट १५ सय मिटरको गोरेटो बाटो, प्रतिक्षालय र दृष्यअवलोकन गर्ने केन्द्र समेत बनाइएको छ । ‘धार्मिक र पर्यटकीयस्थलका लागि थप पूर्वाधारको आवश्यकता छ । अझैपनि विभिन्न क्षेत्रबाट सहयोग संकलन भइरहेको छ’ टोड्के क्षेत्र विकास कोषका उपाध्यक्ष बाबुराम आचार्यले भने ।

उनका अनुसार गाउँपालिका संगै पर्यटनका क्षेत्रमा सक्रिय रहेका संघसंस्थाबाट समेत सहयोगको आवश्यकता रहेको बताए । मंगला गाउँपालिकाले टोड्केलाई प्राथमिकतामा राखेको जनाएको छ । गाउँपालिका अन्र्तरगत विभिन्न स्थानमा रहेका पर्यटकीयस्थलको प्रचारप्रसार गरिने गाउँपालिका प्रमुख सतप्रसाद रोकाले बताए । टोड्केमा दुईपटक गुराँस महोत्सवको समेत आयोजना गरिएको छ । विभिन्न प्रजातिका गुराँस फुल्ने टोड्केमा छोटो दुरीको सुन्दर गन्तब्य मानिन्छ ।