मोटोपनले शरीरलाई भद्दा मात्र देखाउँदैन, स्वास्थ्यलाई पनि उत्तिकै असर पु¥याउँछ । त्यसैले पनि धेरै मानिस तौल घटाउन प्रयासरत हुन्छन् । तर, चाँडो नै तौल घटाउँछु भनेर सोच्नुचाहिँ गलत हुन्छ ।

यसको पनि आफ्नै विधि र प्रक्रिया हुन्छ । तौल घटाउने नाममा गलत क्रियाकलाप गर्दा उल्टै शरीरलाई हानि पुग्छ । त्यसैले डाक्टरको परामर्शअनुसार तौल घटाउँदा राम्रो हुन्छ । तौल घटाउन चाहने मानिसले यसो गर्दा राम्रो हुन्छ –

कहिल्यै पनि भोको बसेर तौल घटाउने प्रयास गर्नुहुँदैन । र, हप्तामै एक किलोग्रामभन्दा बढी तौल घटाउँछु भनेर पनि सोच्नु हुँदैन ।

उसिनेको खानेकुरा मात्र खानुपर्छ भन्ने धारणा पनि दिमागबाट हटाउँदा हुन्छ ।स्वादका लागि केही मरमसला प्रयोग गर्न सकिन्छ । तर, अधिक मसलेदार खाद्यान्नचाहिँ हानिकारक हुन्छ । सकेसम्म खानामा नुनको मात्रा कम गर्दा राम्रो हुन्छ ।लन्च र डिनरको सुरुवात सुपबाट गर्दा राम्रो हुन्छ । सुपले पेट भराउँछ र कम खाए पनि पुग्छ ।

दैनिक ३–४ पल्टभन्दा बढी खानु राम्रो मानिदैन । प्रत्येक दिन खानाको मात्रा मेन्टेन गर्नुपर्ने हुन्छ । एकैपटकमा बढी खानु पनि स्वास्थ्यका दृष्टिले घातक मानिन्छ ।
अधिक भोक लागेमा कम क्यालोरीयुक्त खाद्यपदार्थ जस्तै– गाँजर, काँक्रा, कागतीको सर्बत आदिको प्रयोग गर्दा राम्रो हुन्छ ।साँझको ७ बजेभित्रै डिनर गर्दा राम्रो हुन्छ । कहिल्यै पनि खानेबित्तिकै सुत्ने बानी गर्नुहुँदैन ।

तौल घटाउन खानाको मात्र भूमिका हुँदैन । यसका लागि नियमित व्यायाम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले सबेरै हिँड्ने, नियमित हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित नुहाउने गर्दा राम्रो हुन्छ । यसो गर्दा शरीर स्वस्थ र फुर्तिलो हुन्छ । विभिन्न प्रकारका योगासन र प्राणायामले पनि तौल घटाउन सहयोग पु¥याउँछ ।