एउटा अनौठो गुफा, जहाँ देखिन्छ पशु,पंक्षी,देवि देवता,हिमाल र तालको आकृति

0
380

म्याग्दीको मंगला गाउँपालिका वडा नं १ खानीगाउँमा अचम्मको गुफा रहेको छ । २० मिटर लामो सो गुफामा जनावर, पंक्षी, हातहतीयार, हिमश्रृङ्खला, पहाड, तालतलैया, देविदेवताका मुर्ती, घर आदीका आकृतीहरू रहेका स्थानीयले बताएका छन् ।

पहाडको फेदीमा अवस्थीत गुफाको अगाडीको भाग १ मिटर अग्लो भएपनि भित्री भाग ३ देखि ४ मिटर सम्मको उचाईमा फैलीएको छ । स्थानीय उदय रोकाले फेला पार्नुभएको गुफाको बारेमा जिल्ला भित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको कुहुँका वासिन्दा एवम् शिक्षक डकवहादुर रोकाले बताउनुभयो ।

गुफाको आकर्षणका बारेमा प्रचार प्रचार हुन नसकेको रोकाको भनाइ रहेको छ । उहाँका अनुसार स्थानीय र छिमेकी वडाका विद्यालयहरूबाट कहिँले काही शिक्षक र विद्यार्थीहरू गुफाको अवलोकन गर्न आउँछन् । ‘गुफाको बारेमा धरैलाई जानकारीनै छैन्’ रोकाले भन्नुभयोे भन्नुभयो ‘ब्यवस्थीत पदमार्ग निर्माण गरि प्रचार प्रसार गर्ने हो भने यो गुफा जिल्लाको नयाँ पर्यटकीय गन्तब्य बन्न सक्छ ।’

एउँटै गुफाभित्र रहेका धेरै आकर्षक कला कृतीहरूले कठिन पैदलयात्रा गरेर त्यहाँ पुग्दाको नरमाईलो क्षण बिर्सीएको हालै गुफाको अवलोकन गरेर फर्कनुभएका रन्जित रोकाले बताउनुभयो ।

सदरमुकाम बेनीबजारदेखि करिब तीन घण्टाको पैदल यात्रा पछि पुगिने सो गुफाको गुफाको संरक्षण गर्नतर्फ सरोकारवालाको ध्यान जान आवश्यक रहेको स्थानीयवासीले बताएका छन् । प्रशस्त पर्यटकीय संम्भावना भएर पनि भौतिक पुर्वाधार र प्रचार प्रसारको अभावमा सो गुफा ओझेलमा परेको स्थानीयको भनाइरहेको छ । file photo khane gau