पानीका मुहान सुक्न थालेपछि गाउँलेलाई समस्या

0

म्याग्दी जिल्लाका ग्रामिण क्षेत्रका गाउँपालिकाहरुमा पानीका मुहान सुक्न थालेपछि स्थानीय बासिन्दालाई समस्या भएको छ । खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका बिभिन्न क्षेत्रका दर्जनौं बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ ।

वर्षौदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि स्थानीयमा खानेपानीका लागि हाहाकार हुने गरेको बेनी नगरपालिका ३ तोराखेतका टीकावहादुर सापकोटाले बताउनुभयो ।वर्षातमा खानेपानीको समस्या खासै नहुने भए पनि वर्षात् सकिएसँगै खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानिय बासिन्दा काकाकुल बन्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

तोराखेतमा मात्रै होइन बेनपा ६ थाकनपोखरी,मंगला गाउँपालिका १ कुहूँ, बेनपा १ अर्जम लगाएत म्याग्दीमा दर्शनौं गाउँमा खानेपानीका मुहानहरु सुक्दै गएपछि स्थानीयवासिन्दाहरुले समस्या झेल्दै आएका छन् ।  पानीका मुहान सुक्न थालेपछि स्थानियबासीहरु पानीका लागि घण्टौ टाढाका पुराना पानीका मुहान धाउन थालेका छन् । अधिकांश बस्तीमा कुवाँ र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीय खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएका छन् । File photo