करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिले तितेकरेलाको सेवन गर्नु हुदैन ।

गर्भवती हुनुहुन्छ ?
करेलामा भएको मोमोकेरिनले गर्भवती महिलाको स्वास्थ्यमा असर पुर्याउँछ । बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले त्यस्तो आवस्थामा करेला खाँदा ध्यान पुर्याउन जरुरी हुन्छ ।

फर्टिलिटी समस्या भएमा
यदि फर्टिलिटीसम्बन्धी ओषधि लिइरहनुभएको छ भने करेला प्रयोग गर्दा ध्यान पुर्याउन आवश्यक छ । करेलाको प्रयोगले फर्टिलिटीसम्बन्धी औषधिको प्रभावलाई कम गर्छ र रोगको मात्रा बढ्दै जान्छ । त्यसैले यस्तो समस्या भएको पुरुष र महिलाले करेला प्रयोग गर्नु हितकर हुँदैन ।

पायल्स छ?
पायल्सको समस्या छ भने पनि तितेकरेलाबाट टाढै रहनुहोस् । किनकि, तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।

शल्यक्रियापछि
शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा करेला प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ । शल्यक्रिया भएको दूई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।

जसमा कलेजोको समस्या छ
तितेकरेलाको अत्याधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न सक्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ । त्यसैले कलेजोको रोगबाट ग्रसित मानिसले करेलाको प्रयोग गर्नु हुँदैन ।

महिनावारी समस्या
बढी करेला खानाले महिनावारीको समस्यामा अत्याधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरुले करेलाबाट टाढा रहन जरुरी छ ।

जसलाई सुगर कम छ 
करेलाको प्रयोगले मानिसमा सुगरको मात्रा सामान्यभन्दा पनि तल झर्न सक्छ । सुगरको मात्रा कम हुनेहरुले भने कहिल्यै पनि करेला खानु हुँदैन ।