धौलागिरी गाउँपालिका–४ मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा थुप्रिएको फोहोर हटाउन ८ लाख बजेट विनियोजन गरिएको छ । विश्वकै आर्कषक गन्तब्य मध्यमा पर्ने धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणमा जाने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फाल्दै आएको फोहोर ब्यवस्थापनका लागि गाउँपालिकाले चासो देखाएको हो ।

चक्रिय पदमार्ग अन्र्तरगत आधार शिविरसम्म पुग्ने विदेशी पर्यटक र पदप्रर्दशक, भरियाले विभिन्न स्थानमा रहेका क्याम्प र बाटोमा समेत फोहोर फाल्दा नकारात्मक सन्देश प्रवाह भएकाले पदमार्गमा बताउनुभयो । धौलागिरी आधार शिविर सफा बनाउन स्थानीय पर्यटन ब्यवसायीको जनश्रमदानबाट सम्भव नभएपछि बजेट मार्फत आवश्यक जनशक्ती परिचालन गरी सफा गराउने पुनको भनाई छ ।

चालु आर्थिक बर्ष २०७४÷७५मा गाउँपालिका कार्यालयले बजेट विनियोजन गरिएपनि अपुग भएको बताउँदै आगामी बजेटमा सोही अनुसार थप बजेट विनियोजनमा प्राथमिकता दिने बताउनुभयो ।

आधार शिविरमा कपडा, ग्याँस सिलिण्डर, भारी बोक्ने क्यारी, सिसाका बोतल, रबर र फलामका भाँडाकुडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिक लगायतको फोहोर प्रसस्तै देखिन्छ । पदैलयात्रा हेलिकप्टर मार्फत पु¥याईएका टायर , धातुका सामाग्री र आरोहणमा प्रयोग गरिएका उपकरण समेत आधार शिविरमै अव्यवस्थित तवरले फालिँदै आईएको छ । तस्वीर सौजन्य कमल खत्री