• डा.सुदीप के सी,

MD -Consultant Physician

काठमडौं । उच्च रक्तचाप जस्तै धेरै कम रक्तचाप पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । कम रक्तचापका कारण मस्तिष्क र किड्नी दुवैमा नोक्सानी हुन सक्छ ।

रक्तचाप कम हुँदा मिर्गौला फेल हुनुका साथै मस्तिष्कमा हुने रक्तप्रवाह घट्छ । यसले गर्दा अक्सिजन ग्लुकोज तथा अन्य पोषण तत्वहरु मस्तिष्कमा पुग्न पाउँदैन।

निम्न रक्तचाप भन्नाले के बुझिन्छ ?

जब शरीरमा रगतको प्रवाह सामान्य भन्दा कम हुन्छ (Normal 120/80mm of hg)त्यसलाई निम्न रक्तचाप भनिन्छ भने चिकित्सा विज्ञान को भाषामा (hypotension)  हाइपोटेंसन भनिन्छ ।

प्रेसर धेरै कम हुनु पनि उच्च रक्तचाप जत्तिकै खतरनाक मानिन्छ । निम्न(रक्तचापको स्थितिमा अक्सिजन र अन्य पोषक तत्व मुटु , दिमाग र मिर्गौला तथा शरीरको विभिन्य अंगहरुमा सुचारु रूपले पुग्न पाउदैन,जसको कारणले अन्य रोगले पनि आक्रमण गर्ने खतरा पनि बढ्छ ।

निम्न रक्तचापका (hypotension) कारण

निम्न(रक्तचाप का मुख्य कारण खानमा पोषक तत्वको कमी, शरीरमा पानीको कमी, शरीरमा रगतको कमी, त्यो संगै तनाव, हर्मोनको असन्तुलन, औषधिको प्रभाव, मुटुको असामान्य धड्कन। आनुवंशिक, कुनै अरु विरामीको कारण प्रमुख कारणहरु हुन् ।

त्यस्तै निम्न(रक्तचाप शरीरमा हुने अन्य गम्भीर विमारीको संकेत पनि हुन सक्छ ।

निम्न रक्तचाप (hypotension) को लक्षण

निम्नरक्तचाप का मुख्य लक्षण एकदम थकान महसूस हुने , शारीरिक स्फूर्ति कम हुने , झन्झट महसुस हुने , चक्कर लाग्ने , मन आतिने , स्मरण शक्ति कमजोर हुने , हाथखुट्टा चिसो हुने , आखा अगाडि कालो बादल देखिने , बेहोश हुने , श्वास फेर्न गाह्रो हुनु इत्यादि प्रमुख हो ।

निम्न रक्तचाप (hypotension)  को घरेलु उपचार 

  • सोडियमले तुरुन्तै रक्तचाप बढाउन मदत गर्दछ , निम्नरक्तचाप भएकाले एक गिलास सादा पानीमा आधा चम्मच नुन मिलाएर पिउदा तुरुन्त फाइदा गर्छ । स्वादानुसार नुन (पानी को घोल मा कागती , चिनी या मह पनि मिलाउन सकिन्छ कफी या कैफिन युक्त चीजको सेवनले पनि निम्न रक्तचापका बिरामीले तुरन्त लाभ लिनसक्छन् । तर नुन या कैफिन युक्त चीजको उपयोग धेरै गर्नु हुँदैन ।
  •  दैनिक एक मुठ्ठी किसमिसलाई एक कचौरा पानीमा रातभर भिजाएर छोड्ने र बिहान खाली पेटमा चपाएर खाने र त्यही भिजेको पानीसंगै पिउनाले लोप्रेसर बढ्ने गर्छ ।
  •  एक कप गाजरको रस र आधा कप पालकको रस एक साथ मिलाएर दिनहुँ पिउदा निम्न रक्तचाप (hypotension) मा छिटो फायदा पुग्छ ।
  • टमाटर या गाँजरको रस दैनिक एक कप बिहान र साँझ पिएमा निम्न-रक्तचाप (hypotension) धेरै चाडो सामान्य हुने गर्दछ ।
  •  एक चम्चा मह र २ चम्मच अमलाको रस मिलाएर दैनिक पिउदा पनि धेरै फाइदा हुन्छ । निम्न रक्तचाप (hypotension) हुने ले खानामा हींगको उपयोग गर्दा फाइदा हुन्छ ।
  • खानामा पोष्टिकतत्व बडी लिनु, हरियो तरकारी , ताजा फलफुलको रस खाने
  • साथै टुसा पलाएको चना गेडागुडीको दैनिक खाने । पुदीना, पालक, अदुवा धनिया र मेथी को पात या तरकारी दैनिक खाने गरौ ।

ध्यान दिनुपर्ने पक्षहरु

  •  खाना खादा एकै चोटी धेरै न खाने बरु थोरै थोरै गरि धेरै पटक खाने !
  •  खानामा कार्बोहाइड्रेट युक्त चीज जस्तै भात , ब्रेड र आलूको प्रयोग कम गर्ने !
  •  धुम्रपान नगर्ने !
  •  नियमित रूपमा बिहान र साझ २ पटक व्यायाम गर्ने !
  • खाना खाए पछि ५/१० मिनेट हिडडुल गर्नाले निम्न रक्तचापको बिरामीलाइ फाइदा हुने गर्छ ।

कम रक्तचाप भएमा चक्कर लाग्ने तथा धेरै नै कम भएमा बेहोस हुनेसम्म हुन्छ। तुरुन्तै सुधार नभएमा मस्तिष्कमा अपरिवर्तनीय क्षति हुन सक्छ। शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप कम हुन थाल्छ। मुटुलाई स्वस्थ राख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन ।