सामाजिक सञ्जालको सदुपयोग गरी सहयोग जुटाउँदै

0

सामाजिक सञ्जालको दुरुपयोग गर्नेको संख्यामा कुनै कमी छैन् ।दैनिकजसो सामाजिक सञ्चालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गइरहेको छ ।अपराधिक, सामाजिक विकृति संगै सदुपयोग गरी रचनात्मक कार्यहरू समेत भइरहेका छन् ।

यसको एक उदाहरण बेनी नगरपालिका–२ भकुण्डेका नरप्रसाद सुनारको गुमेको आँखा फर्काउन मलेसियामा रहेका एक म्याग्देलीले ५० हजार अर्थिक जुटाएका छन् ।बेनपा–१ अर्जम घरभई रोजगारको सिलसिलामा मलेसियामा रहेका आशिष परियार ‘झिल्के’ ले ५० हजार ८१७ रुपैयाँ संकलन गरेका हुन् ।

कम्पनीको डियुटी सकेर फेसबुक मार्फत मलेसिया, जापान, हङकङ, साउदी अरवर, दुवईमा रहेका नेपाली मार्फत सङ्कलन गरेको परियारले बताए । ‘मैले नेपालमा रहेकालाई पनि फेसबुकबाट सहयोग मागे ।

सामाजिक सञ्जाललाई सदूपयोग गरी धेरैको जीवनमा खुसी ल्याउन सफल भएको छु’ परियारले भने । उनले छिमेकी वडाका एक पीडितको आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएको समाचार मार्फत जानकारी पाएपछि सुरू गरेको अभियानमा धेरैले सहयोगको प्रतिबद्धता जनाए ।

उनले सञ्जाल मार्फत आर्थिक संकलनको क्रममा दुरुपयोगको सम्भावना भएपनि मानवीय सहयोगका बारेमा जानकारी गराए लगत्तै आफ्नो क्षमता अनुसार सहयोग भएको बताए ।उनले अर्जमकै क्यान्सर पीडित बालिका अरनीमा नेपाली गोर्खाकी शुष्मा परियार,बागलुङकी रिमा सुनार,कलाकार जलजला परियार, बागलुङकी सावित्री थापा लगाएत करिव एक दर्जन भन्दा धेरैको उपचार अभियानमा सहयोग गरेका छन् ।

‘भेट्न जाने फुर्सद हुदैन्, अनावश्यक गफ गर्नुभन्दा सहयोग जुटाउन प्रयोग गर्ने गरेको छु’ परियारले भने । उनका अनुसार आँखामा समस्या भएका सुनारलाई मलेसियामै विदुर नेपाली र शिव घिमिरेले पनि सहयोग जुटाइरहेका छन् । तीनवटा अप्रेसन मध्ये एक अप्रेसन सम्भव भइसकेको छ ।

गाउँमा सार्वजनिक जग्गामा बस्दै आएका सुनारको काठमाण्डौ स्थित दृष्टी आँखा केन्द्रमा उपचार भइरहेको छ । वि.स. २०६५ साल चैत ३ गते बागलुङ नगरपालिमा रहेको विश्वकर्मा माविको भवन निर्माणको लागि ढुंगा फुटाउनको लागि राखिएको बारुद (बम)को छर्रा लागेर देब्रे हात र दुबै आँखा गुमाएका थिए ।

९ बर्ष अगाडी बमको छर्राले दुई वटा आँखाको ज्योती सहित एउटा हात समेत गुमाएका सुकुम्बासी सुनारले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएपछि सुनारको उपचारमा म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सञ्चालन गरेको छ ।

‘नरप्रसाद बचाउ अभियान’ मा खाडी मुलुक साउदी अरव, यूएई, मलेसिया लगाएत विभिन्न देशबाट सहयोग आउने क्रम जारी रहेको कोषका अध्यक्ष राजेश शाक्यले बताए । ‘आर्थिक अवस्था कमजोर भएकै कारण म्याग्दीबासीले मृत्युवरण गर्नुपदैन् । सानो सानो आर्थिक जुटाएर पनि धेरैको उपचार गरेका छौ’ उनले भने । कोष मार्फत हालसम्म ३९ जनाको उपचारमा आर्थिक संकलन गरिएको छ ।