बैसरीमा बोलेरो जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु

0

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैंसरीमा आज बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । सदरमुकाम बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो जीप बेनी–जोमसोम सडकखण्डको बैंसरीबाट करिब १ सय मिटर तल कालीगण्डकी नदी किनारमा खसेर दुर्घटना हुदाँ अन्नपूर्ण गाउँपालिका–५ का भुपिन पुन, सोही वडाकी रितु तिलिजा, रघुगंगा गाउँपालिका १ की लिमायाँ पुर्जाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जीप दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण–७ का कल्पना पूर्जा र पोखरा–१ अर्चलबोट बस्ने दिपा पुनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।

जीपमा चालकसहित ५ जना सवार रहेका थिए । मृतक मध्येकी लिमायाँ पुर्जाको बेपत्ता भएको अवस्थामा राहुपारे नजिक फेला परेको थियो । यसैविच अन्ँनपूर्ण गाउँपालिकाका प्रबक्ता कृष्णप्रसाद बरुवालले दुर्घटनामा मृत्यु भएका यात्रुप्रति समवेदना प्रकट गरेका छन् । उनले घाईतेको उपचारमा कुनैपनि कमी नहुने गरी गाउँपालिका मार्फत समेत पहल भएको बताए ।