स्वर्गिय पिताको स्मृतिमा एक दम्पत्तीले बेनी नगरपालिका–३ भकिम्लीमा समुदायले सक्रियतामा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको भवनलाई आर्थिक सहयोग गरेका छन् । बेनपा–४ थामडाँडा घर भएका लोकेश पुन मगर र समुत्रिा थजाली पुनले पिताको पुन्य तिथिको अवसरमा विद्यालयको भवनलाई २० हजार २२२ रुपैयाँ सहयोग गरेका हुन् ।

हरेक बर्ष शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग गदैं आएका पुनले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम पु्नलाई सहयोग हस्तान्तरण गदैं भविस्यमा पनि सहयोगको प्रतिबद्धता जनाए । करिव ३ करोडको लागतमा निर्माणधिन अवस्थामा रहेको ३० कोठे भवनलाई स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीले आर्थिए जुटाइरहेका छन् ।

सहयोगदाता पुनले यसअगाडी म्याग्दी जेसीजको फुटबल प्रतियोगितामा १० हजारको धमान सिंह अवार्ड, बौद्ध संघको निर्माणधिन अवस्थामा रहेको भवनलाई १० हजार, बेनी अस्पतालमा दुईवटा नेबुलाइजर मेसिन, महायज्ञमा आर्थिक सहयोग, विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक पोशाक, महावीर पुनको आविष्कार केन्द्रलाई आर्थिक सहयोग लगाएत विभिन्न क्षेत्रमा सहयोग गरिएको बताए । १८ बर्ष अगाडी पितालाई गुमाएका पुनले पृत्रीको स्मृतिमा भविस्यमा पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने बताए ।