ओमशान्ति म्याग्दीमा मनाइयो त्रिमूति शिव जयन्ती

मानसिक,चारित्रीक र आधात्मिक ज्ञानले मानव जिवनमा आवश्यकता रहेको मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताले जोड दिएका छन् । महाशिवरात्री पर्वको अवसरमा ब्रहकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण म्याग्दीले गरेको शिवध्वजारोहणको अवसरमा बोल्दै प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापाले ईश्वरीय ज्ञानले दैनिक जिवनमा अनुसरण गरी शान्ति र समृद्ध देशको वातावरण बनाउनुपर्ने बताए ।

‘जीवन उपयोगी शिक्षाले ब्यक्तिसंगै समाज समेत परिवर्तन हुन्छ । शिक्षालाई ब्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ’ उनले भने । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, समाजसेवी नैन कुमार श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । महाशिवरात्री पर्वलाई शिव अवतरण दिवसका रुपमा एक महिनासम्म मनाउने क्रममा राजयोग केन्द्रले शिवरात्रीको नाममा फैलिएको विकृति, लागुपर्दाथको सेवन लगाएत शिवरात्रीको महत्वका बारेमा विभिन्न प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

शिवध्वजारोहणको अवसरमा बेनी केन्द्रकी प्रमुख रिना दिदीले ईश्वरीय शिक्षाको महत्व बढ्दै गएको बताईन् । समारोहमा उपस्थित भएकाले आफ्नो अवगुण दान गरेका थिए ।२०६० सालमा स्थापना भएको केन्द्रले उपलब्ध गराउँदै आएको ज्ञानप्रति सर्वसाधारणको आर्कषण बढ्दै गइरहेको छ । धौलागिरि अञ्चलमा तिनवटा शाखा सहित म्याग्दीका ग्रामिण क्षेत्रमा समेत उपशाखा विस्तार भइरहेका छन् ।

Facebook Comments