गाँजा लिन आएका यूवालाई साधुले रित्तै फकाईदिए

गलेश्वर मन्दिरमा शिवरात्री मनाउन पुगेका साधुले गाँजा माग्न आएका यूवालाई रित्तै फकाईदिएका छन् । सोमबार साँझ गलेश्वर पुगेका ४ जना साधुले भगवान महादेवको नाममा मादक पर्दाथको सेवन गरे भविस्य अन्धकार बनाउने यूवालाई क्षेत्र विकास कोषका कर्मचारीको सहयोगमा फिर्ता पठाएका हुन् । विगतमा आफुँहरुले समेत शिवरात्रीमा गाँजा तथा अन्य लागुपर्दाथ जन्य बस्तु विक्री वितरण गर्ने गरेको भएपनि त्यसले समाजमा अपराधिक घटना घटेको, यूवाहरू कुलतमा फसेको देखेपछि विक्री वितरण रोकेको साधुको भनाई छ ।

‘भगवानले सेवन गरेपनि कलिला यूवाहरुले सेवन गर्न हुदैन्, हामीले पनि प्रयोग गर्न छोडेका छौ’ मन्दिर बाहिर बसेका राम बाबा नामक जोगीले बेनीअनलाइनलाई भने । उनले बेनी तथा आसपासका क्षेत्रबाट यूवाहरू आइतबार साँझ र सोमबार विहान गाँजा माग्न आएपनि सबै साधुले त्यसलाई अस्वीकार गरेको बताए । साधुलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिर आसपासका क्षेत्रमा मदिरा प्रयोगमा समेत रोक लगाएको छ ।

‘उनीहरूलाई खानाबस्न र बाटोखर्चको ब्यवस्था गरिएको छ । गोजीहरूमा पनि परिवर्तन आएको छ’क्षेत्र विकास कोषका कार्यालय सचिव योगेन्द्र केसीले भने । शिवरात्रीमा युवापुस्ताको आर्कषण लागुपर्दाथको सेवन गर्ने तर्फ रहेकाले पनि कोष समेत उनीहरूलाई खरिदविक्री नगर्न अनुरोध गरेको छ । ग्रामिण क्षेत्रबाट ल्याएको गाँजा साधुले सस्तोमा खरिद गरेर बजार क्षेत्रका यूवाहरुलाई विक्री गर्ने गरेको भएपनि यसबर्ष भने प्रहरीले समेत कडाई गरेपछि खरिद विक्री घटेको छ । यसैविच यसबर्ष विगतका तुलानामा करिव ९० प्रतिशत साधु घटेका छन् ।