पानी घट्टैमा…

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पानी घट्टमा मकै पिस्दै एक महिला । बढ्दो आधुनिकता संगै सहरबजारमा पानी घट्ट लोभ भएपनि दानामा घटेखोला आसपासका क्षेत्रमा अझैपनि पानी घट्ट सञ्चालनमा रहेका छन् । घट्टमा पिसेको पिठो आधुनिक मिलमा पिँधेको भन्दा खानमा स्वादिष्ट हुने भएकाले पनि स्थानीयले मकै, कोदो फापर लगाएतका खाद्य पर्दाथहरु घट्टमै विस्ने गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पानी घट्ट सञ्चालनमा रहेपनि अन्य क्षेत्रमा भेट्नै मुस्किल हुन्छ । तस्वीर हरिकृष्ण गौतम