भकिम्लीबासीको सक्रियतामा जयन्ती माविमा २० कोठे भवन

बेनी नगरपालिका–३ भकिम्लीमा समुदायले सक्रियतामा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको भवनलाई स्वदेश तथा विदेशमा रहेका नेपालीले एक करोड भन्दा बढी आर्थिक सहयोग गरेका छन। दशकौ अगाडी निर्मित भुकम्पले चर्किएका भवनलाई सरकारी निकायबाट अपेक्षा गरे अनुसारको सहयोग प्राप्त नभएपछि स्थानीय अगुवाले सुरू गरेको भवन निर्माण अभियान अन्र्तरगत निर्माणधिन अवस्थामा रहेको २० कोठे भवनमा हालसम्म १ करोड २० लाख आर्थिक सङ्कलन भएको छ ।

समुदायबाट चन्दाबाट ३० कोठे सुविधासम्पन्न भवन निर्माणको अभियान सुरु गरेपछि साविकको जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय इकाईबाट ३१ लख ४४ हजार अनुदान प्राप्त भएको विद्यालयका प्रधानध्यापक राम बहादुर थापाले बताए ।

‘भवन निर्माणकार्यमा आर्थिक समस्या देखिएको छ,‘आफ्नो गास काटेर समेत समुदायले सहयोग गरेका छन्’ पुनले भने ।उनका अनुसार १७ लाख ऋण रहेको बताउँदै सहयोगका लागि प्रवासमा रहेका भकिम्लीबासीलाई अनुरोध गरिएको छ । भौतिक संरचनाको अभावका कारण शैक्षिक गतिविधिमा समेत असर गरेको प्रअ पुनको भनाई छ । भकिम्ली स्थायी घर भई हाल बेल्जियममा रहेका भवन निर्माण अभियानका अभियान्ता लोक बहादुर रानाको सम्मानमा आयोजित कार्यक्रममा भूकम्प प्रतिरोधात्मक भवन निर्माण संगै ब्यवस्थित खेलकुद मैदानका लागि थप सहयोग संकलन भइरहेको बताइएको थियो ।

‘भवन र खेलकुद मैदानलाई सहयोग जुटाउने प्रयासमा छौ,‘समुदायकै प्रयासमा बनाइएको भवनलाई गुणस्तरीय बनाउन चाहन्छौ’ लोक बहादुर रानाले भने । उनले विश्वका विभिन्न देशमा रहेका भकिम्लीबासीले भवन निर्माणको अभियानमा चन्दा संकलन गदैं हिडेको बताए । पटकपटक भत्किएर मर्मत गरी पुनःमर्मत गरिका भवनलाई विस्थापित गर्ने स्थानीयको पहललाई विदेशमा रहेका नेपालीबाट समेत प्रशंसा भइरहेको बताए ।

भवन निर्माणमा ५० रुपैयाँ देखी ५ लाखसम्म चन्दा हाल्ने चन्दादातालाई सम्मान गरिने विद्यालयले जनाएको छ ।निर्माणधिन अवस्थामा रहेको भवन बेल्जियममा सञ्चालित हिमालयन पोजेक्टका पाउल भान्द्रेको १५ लाख सहयोग गरेका छन्् । पाउल भान्द्रेले ब्यक्तिगत रुपमा १ लाख सहयोग गरेका थिए । उत्तरी म्याग्दीको घार चित्रकी निता बुदुजा पुनका श्रीमान समेत रहेका पाउलले करिव ४५ लाख सहयोगको प्रतिबद्धता जनाएका थिए।विद्यालयको भवन निर्माणमा स्थानीयले कठोर जनश्रमदान समेत गरेका थिए ।

अभिभावकले समेत आर्थिक सहयोग संगै ब्यक्तिगत काम समेत छोडेर भवनमा समय दिएको ब्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताए। उनले थप १ करोड संकलन गर्ने लक्ष्य रहेको बताए । निर्माणधिन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट ७ कोठे भवनका लागि बजेट विनियोजन भएपनि बाँकी सबै चन्दा संकलन गरिएको बताए ।वडा अध्यक्ष समेत रहेका पुनले भौतिक पूर्वाधारको काम सम्पन्न भएपछि विद्यालयमा अंग्रेजी माध्यम, डिजिटल कक्षा सञ्चालन गर्ने योजना बनाइएको छ । दुईबर्षसम्म भौतिक संरचनाको अभावले शैक्षिक गतिविधिमा समेत प्रत्येक्ष असर गरेकाले संरचना निर्माणको क्रममा खुल्लाचौरमा टहरा हालेर प्रावि देखी माविसम्मको कक्षा सञ्चालन गरिएको थियो । आगामी असोज महिनामा भवन उद्घाटन गर्ने योजना रहेको छ ।