माेटरसाइकल दुर्घटनामा बेनीका शैलेन्द्र बानियाँ घाइते

बागलुङ नगरपालिका वडा नम्बर १ मा बुधबार दिउँसो माेटर साइकल दुर्घटना हुदा एकजना घाइते भएका छन्। बागलुङ बजार तर्फ अाइरहेकाे ध१ प  २६९६ नम्बर काे माेटर साइकल र बा१ प २९०२ नम्बर काे सरकारी ट्रिपर बानपा १ गणेशस्थानकाे घुम्टिमा ठाेकिदा बेनी नगरपालिका वडा नम्बर ८ का शैलेन्द्र बानियाँ शक्त घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइते बानीयाँकाे धाैलागिरि अन्चल अस्पताल बागलुङमा सामान्य उपचार पछि थप उपचारकाे लागि पाेखरा रिफर गरिएको अस्पतालले जनाएको छ ।ट्रिपर चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ दुर्घटनाकाे कारण भने खुलेको छैन। राजेशचन्द्र राजभण्डारी