रुममा चरेस सहित एक पक्राउ

जिल्लाको मालिका गाउँपालिका २ रुममा चरेस सहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दरवाङकबाट खटिएको प्रहरीको टोलीले मालिका गापा २ रुमका ३९ बर्षिय नोक बहादुर रोकाको घर खान तलासी गर्दा घरको उत्तर तर्फ पालीको कुना लुकाइराखेको अवस्थामा ९२० ग्राम बराबरको कालो रङको चसेर फेला पारिएको थियो ।

प्रहरीका अनुसार प्लाष्ठिकमा टेपले बेरी बजारमा लैजाने तयारीमा राखिएको चरेससंगै रोकालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बेनीमा बुझाइएको छ । लागु औषध मुद्धा द्धायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रुम आसपासमा लुकिछिपी लागु औषध तथा पर्दाथको ओसारपोसार हुने गरेको प्रहरीलाई सुचना पाएपछि निगरानी बढाएको छ ।

केहीबर्ष अगाडी समेत रुमबाट बुटल तर्फ लैजाने तयारीमा दरबाङबाट २३ केजी ५० ग्राम चरेस सहित पक्राउ परेका तीन महिलालाई प्रहरीले पक्राउ गरेको थियो । गाउँकी तीनजना महिलालाई प्रहरीले पक्राउ गरेपछि जिल्लाका ग्रामिण क्षेत्रबाट चरेस विक्री हुने तथ्य सार्वजनिक भएको थियो ।

म्याग्दीमा ठुलो परिणाममा चरेस र त्यसको ओसारपोसारमा संलग्नमा महिला पक्राउ परेपछि प्रहरीले निगरानी बढाएको थियो । जिल्लामा लाधु औषध जिल्ला बाहिरबाट भित्रिने भएपनि ग्रामिण क्षेत्रमा गाँजा खेती गरी चसेर बनाउने गरेको प्रहरीको अनुमान छ । रुम आसपासबाट म्याग्दीका साथै छिमेकी बागलुङ तर्फ समेत जाने गरेको प्रहरीको दावी छ ।