बृद्ध महिलालाई लुटेर फरार अभियुक्त पक्राउ

0
447

बृद्ध महिलालाई लुटेर फरार भएका एक यूवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्थुङे–महारानी थान आसपासका क्षेत्रमा कानमा लगाएको सुन लुटपाट गरी फरार बेनी नगरपालिका–५ छापाका २१ बर्षिय बिपिन खत्रीलाई बिहिबार प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

महिलाको शरीरमा लगाएको पहेलो धातुलाई सुन भन्दै लुटपाट गर्ने खत्रीलाई जिल्ला अदालत म्याग्दीले बाटोमा लुकेर चोरी गरी फरार गरेको अभियोगमा रहजनी चोरी मुद्धामा ४ बर्ष १० महिना १० दिन कैद सजाय सुनाएको थियो ।

अदालतले कैद सजाय सुनाएपछि फरार भएका खत्रीलाई प्रहरीले पक्राउ गरी कारवाहीका लागि जिल्ला अदालतमा बुझाएको प्रहरी कार्यालका प्रबक्ता एवम् प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले जानकारी दिए । उनका अनुसार अदालतले कैद सजाय सुनाएपनि फरार रहेका ब्यक्तिको खोजीकार्य भइरहेको छ । उच्च माविमा अध्ययरत यूवाहरुको टोलीले महिलाको कान, घाँटीमा लगाएका गरगहनालाई एकान्त ठाउमा लुटपाट गरेका थिए ।