जिल्ला प्रहरी कार्यालय म्याग्दीले टोलटोलमा प्रहरी कार्यक्रम सञ्चालन गरेको छ । जनताको घरदैलोमै पुगेर अपराध न्यूनिकरण सहित विभिन्न सामाजिक सन्देशमुलक कार्यक्रम गर्ने अभियानको शुक्रबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । सहर देखी ग्रामिण क्षेत्रमा पुगेर स्थानीय समुदायलाई सुरक्षा सम्बनिध् सचेतनामुलक कार्यक्रममा सहभागि बनाइने प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढामगरले बताए ।

अभियानका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा टोलमै पुगेर प्रहरीले बस्तुस्थितीको जानकारी, तथ्याङ्क संकलन, अपराधिक गतिविधिलाई न्यूनिकरण, टोल सुधार समिति, आमा समुह लगाएत समुदायमा सक्रिय रहेका संघसंस्थालाई साथमा लिएर अगाडी बढ्ने बताए ।‘समुदायमै पुगेर कार्यक्रम गरिन्छ,‘एक महिने अभियानको सुरुवात गरेका छौ’ बुढाले भने ।

उनका अनुसार एरिया तथा जनशक्ती छनौट, अन्तरक्रिया कार्यक्रम, सन्देशमुलक साम्रागी वितरण, अपराध रोकथामका लागि विद्यालय, सडक, टोलटोलमा पुगेर लागु औषध, मानवबेचविखन,सामाजिक विकृति, बालविवाह सम्बन्धि कार्यक्रम, घरदैलो कार्यक्रम अन्र्तरगत टोलमा बसोबास गर्नेको ब्यक्तिगत विवरण संकलन, घटना तथा अपराध अनुसन्धानमा प्रहरीलाई सहयोग, सामुहिक गस्तीका साथै सामाजिक कार्य अन्र्तरगत रक्तदान, स्वास्थ्य शिविर सञ्चालन लगाएतका कार्यक्रम रहेका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्र, टोल सुधार समितिको सहयोगलाई प्राथमिकतामा राखिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले समुदायको सहयोग बिना अपराध न्यूनिकरण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयासले सम्भव नभएको बताए ।‘प्रहरीलाई बर्दीबिनाका प्रहरीको सहयोग आवश्यक छ,‘दुर्गमबस्तीसम्म पुग्ने गरी संयन्त्र बनाउनुपर्छ’ अधिकारीले भने।

कार्यक्रममा विगतमा प्रहरी मार्फत सञ्चालन गरिएका कार्यक्रम निकै प्रभावकारी भएपनि निरन्तरताको अभावले समस्या भएको पत्रकारको भनाई थियो । पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले अभियानलाई अभियानमै सिमित नगरी गाउँबस्तीका जनतासम्म पुग्ने गरी कार्ययोजना बनाउनुपर्ने बताए । सोही अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष विष्णु गुरुङले समेत समुदायमा प्रहरीको उपस्थितिले हरेक किसिमका अपराधिक घटना न्यूनिकरण हुने बताईन्। असार महिनासम्म अभियान सञ्चालन गरिने छ ।