म्याग्दी जेसीजले उत्तरी म्याग्दीको भुरुङ तातोपानीस्थित सर्वोदय माविमा आयोजित अन्नपूर्ण गाउँपालिकास्तरीय हाजिरी जवाफ प्रतियोगितामा पाउद्धार मावि प्रथम भएको छ । स्थानीय तहमा म्याग्दी जेसीज अभियान अन्र्तरगत आयोजित प्रतियोगितामा हिस्तानको टिकोट मावि द्धितिय र भुरुङ तातोपानीको सर्वोदय माविले तृतिय स्थान हात पारेको छ ।

प्रतियोगिताको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष केशमायाँले अतिरिक्त क्रियाकलापले विद्यार्थीकौ शैक्षिक क्षमता बृद्धि हुने बताईन्। उनले विद्यालयभित्र र अन्तर विद्यालयस्तरीय प्रतियोगितालाई निरन्तरता दिन गाउँपालिकाले समेत आवश्यकता अनुसार सहयोग गर्ने बताईन् । कार्यक्रममा वडा अध्यक्ष ओमप्रसाद फगामी, गाउँपालिकाका आर्थिक विकास समिति संयोजक आत्मा तुलाचन, गाउँ कार्यपालिका सदस्य बुद्धि पुन, वडास्तरका सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजय भएकालाई प्रमुख अतिथि, म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्मा, पुरस्कारको सौजन्यकर्ता गरिमा विकास बैंक पोखरेबगरका शाखा प्रमुख जित गर्बुजाले वितरण गरेका थिए । जेसीजका अध्यक्ष विश्वकर्माले जिल्लाको सदरमुकाम बेनी आसपासमा सिमित रहेको जेसीजका गतिविधिलाई गाउँपालिकास्तरसम्म पु¥याउने अभियान अन्र्तरगत प्रतियोगिता, भ्रमण, सामाजिक सन्देशमुलक अभियान सञ्चालन गरिएको बताए ।

कार्यक्रमको संयोजनक कोषाध्यक्ष सुजन बरुवाल,  स्वागत कार्य कारिणी उपाध्यक्ष खम थापाले गरेका थिए । जिल्लामा रहेको एक नगरपालिका र पाँच गाउँपालिकास्तरमा पुगेर कार्यक्रम गर्ने अभियान अन्र्तरगत रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका कार्यक्रम गरिएको उपाध्यक्ष अर्जुन पौडेलले जानकारी दिए । यूवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा केन्द्रित रहेको जेसीजले सामाजिक गतिविधिमा समेत अग्रसरता देखाउन थालेको छ ।