म्याग्दीका चन्द्रकुमार केसी लायन अफ दि इयर घोषित

0

म्याग्दीका चन्द्रकुमार केसी लायन अफ दि इयर घोषित भएका छन् । लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपालका चिफ एडभाईजर समेत रहेका केसीलाई बर्षभरीको उत्कृष्ट लायन अवार्डबाट सम्मानित भएका हुन् । म्यादी जिल्लामा विश्वकै ठुलो सामाजिक संस्था लायन्स क्लव भित्राएर लायन्स क्लव अफ बेनीका संस्थापक अध्यक्ष समेत भएका केसी लायन्स क्लवद्धार गरिव, विपन्न परिवारका छोराछोरीको शिक्षा दिक्षाका लागि सञ्चालित ‘पढाऔ अभियान’का संयोजक समेत हुन् ।

लायन्स क्लवका विभिन्न जिम्मेबारी हुदै चिफ एडभाईजारको भुमिकामा पुगेका केसीले लायन्स क्लवको दुईपटक क्याविनेट बैठक समेत म्याग्दीमा सञ्चालन गरेका थिए । लायन्स क्लव मार्फत म्याग्दी जिल्लामा शाखा तथा सामाजिक सञ्जाल विस्तारमा समेत भूमिका खेलेका केसीले जिल्लाको मालिका गाउँपालिका विम र बेनपा ९ घतानको तोरिपानीमा सञ्चालित प्राविधिक शिक्षालयमा समेत भवनका लागि पहल गरेका थिए ।

‘पढाऔ अभियान’ अभियानमा चार महिनामा २ करोड १० लाख संकलन गर्ने सफल भएका केसीलाई सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट घोषणा गरिएको छ । ‘सम्मानबाट उत्साहित छु,‘अभियानलाई थप प्रभावकारी बनाउछुँ’ केसीले भने । उनले अभियानमा करिव ५० करोड संकलन गर्ने लक्ष्य रहेको बताए । आर्थिक अभावकै कारण शिक्षाबाट बन्चित भएकालाई सहज पठनपाठनको वातावरण बनाउन नेपालकै सबैभन्दा ठुलो सामाजिक संस्था बनाउने बताए ।