रितुङ खोलामा पुल नहुदाँ स्थानीयलाई समस्या

0

मालिका गाउँपालिकाको रितुङ खोलामा झोलुङे पुल नहुदाँ स्थानीयलाई सास्ती भएको छ ।तीनबर्ष अगाडी रितुङ खोलाको झोलुङे पुल बाढीले बगाएको पुल मर्मत नहुदाँ विद्यार्थीलाई आवतजावतमा समस्या भएको हो ।मालिका गाउँपालिका–१ निस्कोट घुस्री गाउँका बालबालिकाले खोलाबाट जोखिम मोलेर विद्यालय जाने गरेका छन् । ‘पुल नहुदाँ बर्खाको समयमा समस्या हुने गरेको छ,‘सम्बन्धित निकायमा पहल भएपनि सुनुवाई भएको छैन्’ पुरुषोत्तम आधारभुत विद्यालयका प्रधानध्यापक चुडामणी सापकोटाले भने ।

उनका अनुसार घोस्रीबाट फुलबारी र दरवाङमा अध्ययन गर्न जाने विद्यार्थीले बर्खाको समयमा आदिभारा हुदै आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । रितुङ खोलाको पुलबाट ५१ किलोवाटको लघु जलविद्युत आयोजनाको गृहमा आवतजावत गर्न समेत समस्या हुने गरेको छ ।लघुजलविद्युतबाट मालिका गाउँपालिकका करिव ८ सय घरधुरीलाई विद्युत आपुर्ती हुने गरेको छ । पुलको मालिका १, २,३ र ४ का बासिन्दाले प्रयोग गर्ने गरेका थिए । स्थानीयले मालिका गाउँपालिका, वडा कार्यालय र जिल्ला समन्वय समितिलाई समेत माग गरेपनि सुनुवाई भएको छैन् ।