गलेश्वरमा सडक भासियो

0
490

बेनी जोमसोम सडकखण्ड अन्र्तरगत गलेश्वरमा सडक भासिएको छ । बेनी नगरपालिका–९ गलेश्वरको बेलीब्रीज नजिक राहुघाट खोलाको नजिकबाट सडक भासिएको हो । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्र्तरगत निर्माणधिन अवस्थामा रहेको पक्की पुल नजिक सडक भासिएको गलेश्वरका स्थानीय लोकेन्द्र बहादुर खड्काले बताए ।
‘हिजो चर्किएको अवस्थामा थियो,‘आज सडकखण्डमै प्वाल परेको छ’ खड्काले भने ।

उनका अनुसार सडकखण्ड अन्र्तरगत पेट्रोल पम्प आसपासमा आवतजावतमा सतर्कता अपनाइएको छ । सडक आवतजावतमा समस्या देखिएपछि स्थानीयले समेत सम्बन्धित निकायको ध्यानर्कषण गराएका छन् । ठुलो सवारीसाधन आवतजावतमा समस्या हुने भन्दै तत्काल रोकथामको पहल गर्न अनुरोध गरेका छन् । बर्खाको समयमा नदीले थप कटान गर्न सक्ने सम्भावना रहेको छ । सडकखण्ड अन्र्तरगत रघुगंगा गाउँपालिका ३ मा पुलको निर्माणकार्य भइरहेको छ ।