लोक तथा दोहोरी गायिका सीता थापाको उपचारमा म्याग्दी प्रवासी नेपाली संघ मोना (आइसी)ले आर्थिक सहयोग गरेको छ । सांगितिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा स्टेजमै लडेकी थापाको उपचारमा संकलन गरिएको तीन लाख ८ हजार ७२० रुपैयाँ क म्याग्दी कलाकार संघको पहलमा मोना आइसीका अध्यक्ष चक्र बहादुर थापा, पूर्व महासचिव घनश्याम शाही, कलाकार संघको सल्लाहकार सुसिला पुन र सचिव राम गगनले हस्तान्तरण गरेका थिए ।

पश्चिम म्याग्दीको दरवाङमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको गत बर्षको असोज महिनामा आयोजित दोस्रो महाधिवेशनमा सांगितिक कार्यक्रम प्रस्तुत गर्दा गम्भीर घाईते भएपछि तत्काल उपचारका लागि पठाइएको थियो । म्याग्दीको बेनपा–१० वाखेत स्थायी घरभई हाल काठमाण्डौमा बस्नै थापा मगर समुदायको पहिचानको रुपमा चिनिने थाली नाचको सर्जक समेत हुन् ।

थाली नाचको प्रचारप्रसारमा सक्रिय रहेकी थापा घाईते भएपछि म्याग्दी काठमाण्डौ कलाकार मञ्चले समेत उपचारमा आर्थिक सहयोग जुटाइरहेको छ । काठमाण्डौको नर्भिक अस्पताल र थेरापी गरिरहेकी थापाको बायाँ हात खुट्टामा सुधार भएपनि उपचारमै रहेकाले सहयोग आवश्यकता रहेको बताइएको थियो । सहयोगले उपचारमा सहज भएको बताउँदै मोनालाई धन्यवाद दिदैं आफ्नो उपचार लगत्तै सांगितिक क्षेत्रमा सक्रिय हुने प्रतिबद्धता जनाएकी थिईन् ।