मासिक सुविधा नलिने रामकृष्ण बराईलीको घोषणा, शिक्षा क्षेत्रमा खर्च गर्ने

0

बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले मासिक तलब दलित तथा विपन्न बालबालिकाको शिक्षामा खर्च गर्ने बताएका छन् । वडा अध्यक्षको हैसियतमा प्राप्त हुने मासिक तलबलाई कोषको स्थापना गरी नगरपालिका भित्रका १० वटै वडामा दलित, विपन्न बालबालिकाको आधारभुत तह देखी उच्च माविसम्म अध्ययरत गर्नेको शिक्षादिक्षामा खर्च गर्ने घोषणा गरेका हुन् ।

प्रदेश नं ४ ले जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयक पारित गरी राजपत्रमा उल्लेख भए अनुसार बराईलीले प्राप्त गर्ने मासिक सुविधालाई कोष मार्फत वितरण गर्ने बताए । ‘मैले वडा अध्यक्षको मासिक सुविना लिन्न,‘कानुनी रुपमै कोष दर्ता गर्ने सोचमा छु,‘वडामा रहेका बालबालिकालाई शिक्षादिक्षामा सहयोग गर्नेछु’ बराईलीले बेनीअनलाइनलाई भने ।

उनले जनताको सेवाका लागि जनप्रतिनिधि भएर आएको बताउँदै वडा कार्यालयको सिफारिसमै काम गर्ने बताए । बेनी नगरपालिकाका प्रबक्ता समेत रहेका बराईलीले वडामा आयोजित कार्यक्रममा मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल लगाएत वडाबासीको उपस्थितीमा उक्त घोषणा गरेका हुन् । प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरे अनुसार वडा अध्यक्षले मासिक २० हजार तलब पाउँछन् ।

पाँचबर्षमा मासिक तलब मात्रै १२ लाख जम्मा हुने भएकाले पनि त्यसबाट प्राप्त हुने ब्याजले बालबालिकाको शिक्षादिक्षामा सहज हुने बराईलीको भनाई छ । स्थानीय तहको निर्वाचनमा आफुँले अनावश्यक आश्वासन नदिएको बताउँदै वडाबासीलाई आवश्यक पर्ने क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन तथा कार्यान्वयन गरेको बताउँदै सुविधाले विपन्न तथा दलित बालबालिकालाई राहत मिल्ने उनको भनाई छ ।