महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम क्षेत्रका महिलाले उपचारको अभावमा ज्यान गुमाउनु नपर्ने बताउनुभएको छ ।यातायातको पहुँच नपुगको दुर्गम क्षेत्रका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने गरी हवार्ई एम्बुलेन्सको ब्यवस्था गरिएको बताउँदै दुर्गम क्षेत्रमै गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकारले विषेश अभियान सञ्चालन गर्ने बताउनुभयो ।

समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले म्याग्दीमा आयोजना गरेको आयोजना गरेको निशूल्क स्वास्थ्य शिविरमा सहभागि हुन आएकी मन्त्री थापाले बेनी नगरपालिका–५ बगुवाखोलामा अवस्थित बालजागृती आधारभुत विद्यालयमा प्लान नेपालको आर्थिक सहयोगमा निर्मित बैद्धिक अपाङ्ता विद्यार्थीको छात्रबासको उद्घाटन गदैं देशका अति विकट बस्तीमा गर्भवती महिलाले समयमै उपचार झेल्दै आइरहेका विभिन्न घटनालाई मध्यनजर गरी सरकारले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य सुरक्षामा विषेश ध्यान दिएको बताउनुभयो ।

अपाङ्ता, जेष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला, बालबालिका जस्ता संवेदशिल बर्गको हकअधिकार, सुविधाका लागि सरकार प्रतिबद्ध रहेकाले स्थानीय तहलाई समेत त्यस सम्बन्धि सेवासुविधामा ध्यान केन्द्रित गर्न अनुरोध गर्नुभयो । मातृ शिशू मुत्युदर घटाउन एयर एम्बुलेन्सका साथै स्वास्थ्य सम्बन्धि सचेतनामुलक अभियानलाई समेत दुर्गम क्षेत्रमा पु¥याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

बर्तमान सरकारले बजेटमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत २९ करोड ५७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । दुर्गममा अपाङ्ता, जेष्ठ नागरिकले सहजै सेवा नपाएकोमा दुःख ब्यक्त गदैं सरकारले प्रयाप्त स्वास्थ्यकर्मी, औषधी र सुविधा उपलब्ध गराउने गरी आफ्नो मन्त्रालयले काम गरिरहेको बताउँदै भौगोलिक विबकटता र जनचेतनाको अभावका कारण अकालमै मृत्युबरण गर्ने अवस्थाको अन्त्य हुने दावी समेत गर्नुभयो । विद्यालयमा करिव ५६ लाख ९२ हजारको लागतमा निर्मित चार कोठे भवनले बौद्धिक अपाङ विद्यार्थीलाई सहज भएको छ ।

सोही कार्यक्रममा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना समाज, राष्ट्रिय अपाङ्ग कोषले स्वास्थ्य शिविरका साथै ३५ ह्वील चियर, १० सेतो छडी, ५ जोठी बैसाखी, ५ एलबो कचेज, ५ वटा टेक्ने लौरी वितरण गरेको थियो । त्यस्तै दरवाङमा आयोजित शिविरमा मंगला, मालिका र धौलागिरी गाउँपालिकाबाट ३९५ जनाले बालरोक, स्त्रीरोग सेवा र ८५ जनाले भिडियो एक्सरे सेवा लिएका प्राथमिक स्वास्थ्य केन्द्र दरवाङकी सिनियर अनमी याममति रोकाले बताउनुभयो । शिविरमा बालरोग बिशेषज्ञ नवराज सुवेदी, स्त्रीरोग बिशेषज्ञ सरिता गुरुङ, चिकित्सक रुपक श्रेष्ठ, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत कृष्ण कडेल र तिलक गौतमले सेवा दिएका थिए ।

मन्त्री थापाको पहलमा सञ्चालित शिविरले शुक्रबार अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगर र शनिबार बेनी अस्पतालमा पहिचान रोगको उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई थप उपचारको व्यवस्था मिलाइने कोषले जनाएको छ । मन्त्री थापालाई गृहजिल्लामा रहेका अन्य समस्याका बारेमा समेत ज्ञापनपत्र बुझाइएको छ । सडक, शिक्षा, सामाजिक विकासम केन्द्र तथा प्रदेश सरकारबाट प्रयाप्त बजेट विनियोजनमा समेत पहल गर्न सरोकारावाला निकायले अनुरोध गरेका छन् ।