म्याग्दीमा मनाइयो अन्तराष्ट्रिय योग दिवस

0

स्वस्थ्य खानपान र अनुशासित जीवनशैलीसंगै योगलाई दैनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा बनाउनुपर्नेमा म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् ।

अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा नवीन आनन्द योग केन्द्र नेपालले बेनीमा आयोजित कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवालले बदलिँदो जीवनशैली, गलत खानपानले मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्ने बताए ।

‘सफल जीवनका लागि योगको आवश्यकता छ,‘योगको महत्वलाई गाउँगाउँमा पु¥याउनुपर्छ’ उनले भने । योगले परिवार, समाज र राष्ट्रलाई प्रत्यक्ष, अप्रत्यक्ष फाईदा हुने भएकाले स्थानीय तहमा समेत यसलाई नियमित सञ्चालनका लागि बजेट तथा पूर्वाधार विस्तारमा पहल गर्ने बताए । कार्यक्रममा कार्यक्रममा प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढामगरले शरीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग भएको बताउँदै दैनिक दुईघण्टाको योगले सक्षम मान्छे बनाउने बताए ।

दिवसको अवसरमा बेनीबजारमा प्रभातफेरी कार्यक्रम गरिएको थियो । नबीन योग आनन्द केन्द्र नेपालका अध्यक्ष नविन जुग्जालीले योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुने बताए । उनले शरीरमा ब्यायम हुने भएकाले पनि योगलाई दैनिक एकघण्टा समय दिनुपर्ने बताए । योग गर्नाले शरीरमा अक्सिजनको कमी समेत पुरा गर्ने बताउँदै अक्सिजनको मात्रा बढ्दा शरीरका सबै अवयवहरु स्वस्थ्य हुने बताए ।

योग रोगी ब्यक्तीका लागि जीवन जिउने पद्धती भएको बताउँदै पछिल्लो समय योगप्रतिको आर्कषण बढेको जुग्जालीको भनाई छ । योग ८ आसनको हुने बताउँदै याम, नियम, आसन, प्राणायम, धारणा, समाधि र त्याग मध्ये योगा त्यसमध्यको एउटा आसन भएकाले पनि ग्रामिण क्षेत्रसम्म केन्द्रले सञ्जाल विस्तार गरेको बताए । कार्यक्रमको सञ्चालन केन्द्रका हरिप्रसाद पौडेलले गरेका थिए । नविन योग आनन्द केन्द्रले जिल्लाका सबै स्थानीय तहको केन्द्रका साथै वडास्तरमा समेत योग केन्द्र विस्तारको योजना बनाएको केन्द्रका अध्यक्ष योगी नविन जुग्जालीले बताए । म्याग्दीमा करिव २६ सय जनाले योग गर्ने गरेको केन्द्रले जनाएको छ ।