अस्पतालको सैयाबाट उपचारमा सहयोगको याचना

0

धौलागिरी गाउँपालिका–६ कुम्रिका सुनिल पुन उमेरले १७ बर्षमा प्रवेश गरे । कक्षा १० मा अध्ययरत पुनले एसइईको तयारीमा समेत प्रयाप्त समयम दिन पाएका छैनन् । उच्च शिक्षासम्मको पढाई सकेर लाहुरे बन्ने सपना बुनेका पुनको मृगौलामा खरावी देखिएपछि चकनाचुर भएको छ । एक्कासी विरामी भएपछि उपचारको क्रममा चिकित्सकले एउटा मृगौलामा समस्या रहेको बताएपछि पिता डम्मर बहादुर र आमा देवसरा पुनले ठुला अस्पतालमा उपचार गराउँदा समेत निको नभएपछि मृगौला निकालिएको छ ।

‘धेरै अस्पतालमा उपचारमै पैसा सकियो,‘अहिलेसहयोग जुटाएर उपचारमा खर्च गरेको छु’पुनले भनिन्।उनले छोराको उपचारमा थप आर्थिक सहयोगको आवश्यकता रहेको बताउँदै आर्थिक अभावले उपचार तथा नियमित औषधी सेवनमा सकस भएको बताईन् । ‘लाहुरे बन्छु् भन्ने छोरा अस्पतालमा संघर्ष गरिरहेको छ’ उनले भनिन् । विरामी छोराको उपचार तथा शिक्षादिक्षाका लागि नारायणघाटमा कोठा भाडामा लिएर बस्दैं आएकी पुनका श्रीमान रोजगारीको सिलसिलामा साउदी अरवमा छन् ।

उपचारमा करिव १ लाख ऋण लागेको छ । उनले आफ्नो कमाईबाट समेत उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल समेत गरेका थिए । यता मराङबाट विदेशमा रहेका यूवाहरुले समेत आर्थिक सहयोगका लागि अनुरोध गरेका छन् । नियमित चिकित्सको निगरामीमा उपचार गराउनुपर्ने भएकाले पनि आर्थिक अभाव भएको पीडितको भनाई छ । सहयोग तथा थप जानकारीका लागि ९८४५१५६६५९