२० औ अन्तराष्ट्रिय लागु औषध न्युनिकरण दिबसको सप्ताहब्यापी कार्यक्रम अनुसार शुक्रवार बेनपा ६ डम्मरामा टोलटोलमा प्रहरी अभियान कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक कार्यालय म्याग्दीको सहकार्यमा अभियानको तेस्रो दिन डम्मरामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रहरी सहायक निरिक्षक चेतनाथ चापागाइँले लागु पदार्थ दुव्र्यसनले समाजमा निम्त्याएको असर, न्यूनिकरणका उपाय र अभिभावकको भूमिकाका वारेमा जानकारी गराएको थियो । त्यसैगरी महिला हिंसा न्यूनिकरणका वारेमा पनि सहभागिहरुलाई जानकारी बताए ।

त्यस्तै ट्राफिक नियमहरुको बारेमा जिल्ला ट्राफिक कार्यालय म्याग्दीका चुडामन थापामगरले प्रशिक्षण दिनुभएको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलले मन्तव्य व्यक्त गरेका थिए । टोलटोलमा प्रहरी अभियान अन्र्तरगत नगरपालिका भित्रका विभिन्न वडा तथा टोलमा सचेनतामुलक कार्यक्रम, पर्चा वितरण लगाएतका कार्यक्रम गरिने सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव लक्ष्मण केसीले बताए ।

उनले अभियानमा स्थानीयको उत्साहजनक सहभागिता रहेको छ । डम्मरा आमा समूह र लालीगुरास आमा समूहमा आवद्ध ७६ जनाको उपस्थिति रहेको सो कार्यक्रमको समापन सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्ण गुरुङले गरेकी थिईन् । प्रहरीले असार महिनामा जिल्लारभी टोलटोलमा प्रहरी अभियान सञ्चालन गरिरहेको छ ।