बेनी सामुदायिकमा शैक्षिक भ्रमण गर्नेको ओइरो

0

बेनी सामुदायिक माविमा नवलपरासी बर्दघाटस्थित नवजिवन माविको टोलीले अवलोकनगरेको छ। सामुदायिक विद्यालयमा देशमै सर्वोत्कृष्ट भएको विद्यालयबाट राम्रा अभ्यास सिको गर्ने उद्देश्यले विब्यस, शिक्षक, अभिभावक संघको टोली ब्यवस्थापन, प्रयाप्त भौतिक पूर्वाधार, लोभलाग्दो शैक्षिक प्रगति, अभिभावकको नियमित अनुगमन, विद्यार्थी मैत्री संरचना लगाएत लोभलाग्दो प्रगति देखेर दंग परे ।

जिल्लामा रहेका निजी विद्यालयसंग शैक्षिक तथा भौतिक पूर्वाधारमा जमेर प्रतिस्पर्धा गरिरहेको बेनी सामुदायिकको अवलोकन भ्रमणबाट धेरै सिक्ने अवसर मिलेको नवजिवन माविका ब्यवस्थापन समिति अध्यक्ष मञ्जु चालिसेले बताईन् । ‘विद्यालयभित्र प्रवेश गरेपछि सबैजसो उत्कृष्ट लाग्यो,‘यहाँबाट सम्भव भएसम्मका अभ्यासलाई प्रयोग गरिन्छ’ उनले भनिन् । विब्यस अध्यक्ष चालिसे र शिक्षक अभिभावक संघकी अध्यक्ष रेखा सुनारले अभिभावक र शिक्षक बीचको सम्बन्धले समेत विद्यालयले गति लिएकाले यसलाई आफ्नो विद्यालयका अभिभावकलाई समेत सुनाउने बताईन् । ‘सामुदायिक विद्यालय बीचको सम्बन्ध समेत बलियो बनाउनुपर्छ,‘शैक्षिक गुणस्तर बढाउन यस्ता भ्रमण उपलब्धीमुलक हुन्छन’ चालिसेले भनिन् ।

भ्रमणमा आएको टोलीलाई स्वागत गदैं विद्यालयमा अध्यक्ष नारायण कार्कीले अझै धेरै काम गर्न बाँकी रहेको बताए ।उनले सामुदायिक तथा निजी विद्यालयबाट आएका विद्यार्थीलाई परिक्षा लिएर मात्रै भर्ना गर्नुपर्ने बाध्यता रहेको बताएका थिए । नयाँ शैक्षिक सत्रमा भौतिक संरचना र मानवीय जनशक्तीको अभावले १ देखी ९ कक्षासम्म क्षमता अनुसार १ सय ६५ विद्यार्थीलाई भर्ना लिन गरिएको परिक्षामा ३ सय २४ जना विद्यार्थी सहभागि भएकोमा १ सय ६१ जना विद्यार्थीको प्रवेश परिक्षाबाट सफल भएको बताए ।

उनले विद्यार्थी बीचको प्रतिस्पर्धाले अभिभावकलाई नै आर्कषित गरेको समेत बताए ।विद्यालयमा आउने नयाँ विद्यार्थी अधिकांस जिल्लामा निजी विद्यालयका हुने गरेको अध्यक्ष कार्कीको भनाई थियो । अवलोकन भ्रमणमा आउने विद्यार्थीलाई प्रवेशद्धार देखी कक्षाकोठासम्म विद्यालयले बनाएको नियमका बारेमा जानकारी गराउने गरिएको छ ।

‘भ्रमणमा आउनेले राम्रो अभ्यासको सिको गर्ने सामुहिक प्रतिबद्धता जनाएर फर्कने गरेका छन्,‘उहाँहरूका राम्रा पक्षलाई हामीले तत्काल प्रयोग गर्ने गरेका छौ’ विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले भने ।नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म ९१ वटा सामुदायिक विद्यालयले भ्रमण गरेको बताए।

शैक्षिक अवलोकनमा आएकालाई चालु बर्षको एसएसलीको श्रेणीगत नतिजा, तिनबर्ष भित्रको एसएलसी उत्र्तिणा प्रतिशत, विद्यालय स्तरिकरण (भौतिक पुर्वाधार, मानविय स्रोत), कक्षा ९ मा भर्ना भएका विद्यार्थीको संख्या र एसएसलीमा उत्र्तिणा संख्या र चालु एसएलसी उत्र्तिणा प्रतिशतलाई प्रस्तुत गरिएको थियो । अंग्रेजी माध्यमबाट अध्ययन, आन्तरिक स्रोतको प्रयोग, अभिभावको निगरानी, सिकाई उपलब्धी, कक्षाकोठा सजावट, शिक्षक र अभिभावक विचको सम्बन्ध, कक्षा कोठाको निगरानीमा सिसी क्यामेराको जडान, दैनिक अभिभावकको अनुगमनले समेत अवलोकनमा आउनेलाई आर्कषित गर्ने गरेको छ ।

२०११ सालबाट अस्थाई रुपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो ।२०६३ साल देखी माध्यामिक तहको परिक्षामा सहभागिता जनाएको विद्यालयले हरेक बर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ । जिल्लामा शैक्षिक भ्रमणमा आउनेलाई जिल्लाका पर्यटकीयस्थलका बारेमा समेत जानकारी गराउने गरिएको छ । बि.श २०७५ साललाई म्याग्दी भ्रमण बर्षको रुपमा मनाउने कार्यमा समेत शैक्षिक भ्रमणले सघाएको बताउँदै नजिकका पर्यटकीयस्थलसम्म पुग्ने वातावरण बनाउनुपर्नेमा जानकार बताउँछन् ।