दोहोरीगीत प्रतिष्ठान म्याग्दीद्धारा आर्थिक सहयोग

0

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दी शाखाले कलाकार शान्ता परियारलाई आर्थिक सहयोग गरेको छ । पोखरामा आफ्नै कोठामा आगलागी तिन बर्षिय छोरालाई गुमाएकी म्याग्दीकी चर्चित लोक दोहोरी गायिका परियारलाई प्रतिष्ठानले असार ९ गते शनिबार एक कार्यक्रम गरि आर्थिक सहयोग हस्तान्तरण गरेको हो । राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल, अंचल कार्यसमितिका कोषाध्यक्ष नकुल ढकालको संयोजनमा गत हप्ता बेनी बजारमा आर्थिक संकलन अभियान संचालन गरिएको थियो ।

अभियानबाट संकलन भएको ४१ हजार १३० र प्रतिष्ठानले ५ हजार १ सय गरी कुल ४५ हजार २३० रुपैयाँ प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसी र संयोजक ढकालले संयुक रुपमा हतान्तरण गरेका हुन् ।हस्तान्तरण कार्यक्रममा शान्ता परियारले आगलागीबाट छोरालाई गुमाउँदाको अवस्थामा शान्त्वना दिने सम्पूर्णलाई धन्यवाद दिईन् ।

उनले आगलागीबाट कोठामा रहेको सम्पूर्ण समान समेत जलेर नष्ट भएकोे अवस्थामा आर्थिक सहयोगले राहत मिलेको बताए । परियार ‘जाउँ हिड घुम्नलाई सिंगा तातोपानी” भन्ने गीत बाट चर्चाको शिखरमा पुगेकी हुन् म्याग्देली कलाकार अमित बिस्वकर्मा र शान्ता परियारले गाएको यो गित म्याग्दीलाई चिनाउन र कलाकारलाई समेत चिनाउन सफल गीत हो । म्याग्दी जेसीजले आयोजना गरेको म्याग्दी लोकतारा विजेता समेत रहेकी परियारले ब्यवसायीक रुपमा संगितको क्षेत्रमा छन् ।

कार्यक्रममा प्रमुख अतिथि एवं सहयोग संकलन समितिका संयोजक नकुल ढकाललेकलाकारहरु एक अर्काको सहयोगबाट नै यस्तो दुख र आपतको अवस्थामा बाँच्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको बताए । उनले गीत संगीतलाई जीवन मानेर लागेका कलाकारहरुलाई राज्यको तर्फबाट पनि उचित संरक्षणको आबश्यकता रहेको बताए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कृष्ण जिसीको अध्यक्षता नकुल ढकालको प्रमुख आतिथ्यता, अंचल सदस्य अमित बिस्वकर्मको बिशेष आतिथ्यता र सचिब एकराज चापगाइको संचालनमा सम्पन्न भएको थियो ।