म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट अम्बोटका ४८ वर्षिय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ ।३० वर्ष अघि गरिवीका कारण गाउँमा वस्न सक्ने अवस्था नहुँदा विदेश जानकालागि ६० हजार ऋण नपाएर छट्पटिएका घिमिरले अहिले तरकारी खेतीबाट नै मासिक ६० हजार भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

१० वर्षसम्म साउदी अरवको चर्को गर्मीमा पसिना बगाइ मेहेनत गर्दापनि मासिक २० हजार कमाइ गर्न नसकेपछि गाउँ फर्किएका घिमिरेले २०५६ सालदेखि व्यवसायिकरुपमा तरकारी खेती गर्दै आउनुभएको छ ।

७ रोपनी जग्गामा गोलभेडा,करेला,साग,भण्टा,रामतोरिया,बोडि,बन्दागोभी,लगाएतका मौसमी तथा बेमौसमी तरकारी खेती गरेका घिमिरेले बार्षिक ६ लाख रुपैयाँ भन्दा बढि कमाइ हुनेगरेको बताउनुभयो ।गतवर्ष आफूले फलाएको १० टन वन्दागोभी सदरमुकाम बेनीमा विक्रि हुन नसकेपछि पोखरा,काठमाण्डौ,चितवन र बुटवलसम्म पु¥याएर सस्तो मूल्यमा विक्रि गर्नुपरेको उहाँले गुनासो गर्नुभयो ।तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि घिमिरेको जीवनस्तर समेत फेरिएको छ ।

पहिला २÷४ सय आवश्यक पर्दा अरुसंग हातथाप्नु पर्ने घिमिरेले अहिले विभिन्न वैंक तथा वित्तिय संस्थाहरुमा रकम संकलन,छोराछोरीको पढाई र घरघडेरी समेत जोड्नुभएको छ ।
सरकारले कृषकहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु ल्याइ कृषकले उत्पादन गरेका कृषिउपजहरुको बजारीकरणमा स्थानीय तहले व्यवस्था गरिदिन सके कृषकहरुलाई राहत हुने उहाँको भनाइ छ ।