नेपाली लोकगीत क्षेत्रका बहुचर्चित गायक खड्ग गर्बुजा स्कुटर दुर्घटनामा घाईते भएका छन् । सोमबार काठमाण्डौको सानेपामा खड्का सवार स्कुटरलाई कारले ठक्कर दिदाँ दायाँ खुट्टा फ्याक्टर भएको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको म्याग्दी काठमाण्डौ कलाकार मञ्चका सचिव राम गगनले बेनीअनलाइनलाई बताए । ‘उहाँलाई खुट्टा र शरीरमा चोट लागेको छ,‘ कार र चालक प्रहरीले नियन्त्रणमा लिएको छ’ उनले भने ।

घाईते गर्बुजाको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहबको छ ।म्याग्दीको मराङ जस्तो दुर्गम गाउँमा २०२६ सालमा जन्मिएका गर्बुजा १७ बर्षको उमेरमा रुखमा घाँस काट्ने क्रममा लडेर अपाङ्ग भएपछि बासुरी र माहुरी वाजा बजाउने उनले २०४७ साल देखि आफ्नो सांगितिक यात्रा सुरु गरेका थिए । घाईते गर्बुजाको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।