राम्रो नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले दिए १० हजार नगद

बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रति विद्यार्थी१० हजार नगद, कदरपत्रले सम्मान गरेका छन् । मंगलबार विद्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा अंग्रेजी विषयका भरत थापा, विज्ञानका प्रकाश सुबेदी र गणित विषयका शिवराम पौडेलले ३.७० जिपिए ल्याउने अमृत आचार्य, अस्नवी शर्मा र आशिका आचार्यलाई नगदले सम्मान गरेका हुन् ।

अभिभावकै उपस्थितीमा शिक्षकले ३० हजारलाई प्रति विद्यार्थी १० हजार र प्रमाणपत्रले सम्मान गरेका थिए । विद्यार्थीले जिल्लामै उत्कृष्ट नतिजा ल्याएर शिक्षक र विद्यालयको शीर उच्च बनाएको भन्दै शिक्षकले नगद पुरस्कारको सुरुवात गरेका हुन् । तीनवटै विषयमा विद्यार्थीले अपेक्षा गरे अनुसारको जीपीए ल्याएका छन् ।

विद्यालयमा आयोजित सम्मान कार्यक्रममा शिक्षा विकास समन्वय इकाईका प्रमुख दल बहादुर थापा, सल्लाहकार याम बहादुर शाक्य र शिक्षकले विद्यार्थी र अभिभावकलाई पुरस्कार हस्तान्तरण गरेका थिए । ‘तीनजना विद्यार्थीको जीपीए जिल्लामा उत्कृष्ट भित्र पर्छ,‘भविस्यमा पनि विद्यार्थीलाई ब्यक्तिगत रुपमै प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिनेछौ’ शिक्षक भरत थापाले भने । उनले विद्यालयको अनुकुल वातावरणसंगै विद्यार्थीको आवश्यकता अनुसार जुनसुकै बेलामा पनि सहयोग गर्ने गरिएको बताए ।

कार्यक्रममा आशिका आचार्यले शिक्षकको पुरस्कारलाई शैक्षिक गतिविधिमै खर्च गर्ने बताईन् ।‘उहाँहरुले हामीलाई राम्रो नतिजा ल्याउन दिनरात मेहनत गर्नुभयो,‘त्यसको खुसीयालीमा पुरस्कार पनि दिनुभयो’ आचार्यले भनिन् । उनले भविस्यमा पनि विद्यालयका अभियानमा सहयोगी भुमिका खेल्ने बताईन् । सोही अवसरमा शिक्षा विकास समन्वय इकाईका प्रमुख थापालाई स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा ब्यापक सुधार आएको बताए ।

उनले सदरमुकाम देखी ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको प्राप्त गरेको नतिजालाई भविस्यमा थप सुधार गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा अभिभावकको तर्फबाट गोविन्द शर्माले मन्तब्य राखेका थिए । विद्यालयबाट ७३ विद्यार्थी मध्ये ५१ जना विद्यार्थीले ३ जीपीय ल्याउन सफल भएको बताए । ब्यवस्थापन समितिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षता प्रअ दिपक श्रेष्ठको स्वागत र सहायक प्रअ काशिराम रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सांगितिक तथा शैक्षिक सफलताको शुभकामना आदानप्रदान गरिएको थियो ।