धौलागिरिका गापाका बालक्लवलाई शैक्षिक सामग्री वितरण

0

रन्जना श्रेष्ठ
मंगलबार बेनिमा एक कार्यक्रमका विच धौलागिरि गाउँपालिकाका ११ ओटा विद्यालयका बालक्लवलाई ९८ हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा धौलागिरी सामुदायिक बिकास केन्द्रले शैक्षिक सामग्री वितरण गरेको हो ।

धौलागिरि गाउँपालिकामा रहेका ११ वटा बालक्लवहरुले आफनो काम सहज रुपमा सञ्चालन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले वितरण गरिएको हो । उक्त कार्यक्रममा ११ विद्यालयका बालक्लवका संरक्षक शिक्षकहरुको उपस्थिति रहयो ।

आवश्यक आधारभुत स्टेशनरी , खेलकुद का सामग्री एक कार्यक्रमका विच द्यौलागिरि गा.पा.बालक्लवहरुकाको संरक्षक शिक्षकहरुलाई हस्तान्तरण गरिएको हो । बालक्लबहरुका लागी आवश्यक सामाग्रीहरुले बालक्लहरुलाई अझै सक्रिय भई आपmना गतिबिधिहरु सृजनात्मक तवरले अगाडि बढाउन सहयोय पुग्ने कुरामा गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक राजेन्द्र लोहारल बताउनु भयो ।

साथै प्रदान गरिएका सामाग्रीहरुको सही सदुपयोग हुनु पर्ने कुरा संयोजक लोहार ले बताउनु भयो ।बालवालिकाको अधिकारलाई बालक्लब मार्फत अगाडि बढाउनु पर्ने गुड नेवर्स इन्टरनेशनल नेपालका बाल प्रायोजन तथा बाल संरक्षण अधिकृत जितेन्द्र धामीले बताउनु भयो । हस्तारण कार्यक्रममा आयोजक संस्थाको तर्फबाट संस्थाका अध्यक्ष रमेश बुढा मगरले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।