विरेन्द्रचोक टोल सुधार समितिले तेस्रो स्थापना दिवसको अवसरमा बराहपाखो सामुदायिक बनमा बृक्षारोपण गरेको छ । बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा बेनी–महारानीथान–अर्थुङ्गे सडकखण्ड अन्र्तरगत सडक तथा आसपासका क्षेत्रमा पारिजात, गुलाब, लालुपाते लगाएत विभिन्न प्रजातिका करिव ३ सय गोटा विरुवा रोपिएको छ ।

वडाभित्र रहेको सामुदायिक बनको संरक्षणका लागि टोल सुधार समितिले पहिलो चरणमा गरिएको बृक्षारोपणलाई साप्ताहिक तथा मासिक रुपमा सञ्चालन गर्ने टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठले बताए । आफुँले रोपेको विरुवामा क्षती पुगेमा सोही ठाउँमा अर्को विरुवा लगाउनुपर्ने, नियमित मलजल नगरे जरिमाना, समितिले तोकेको समयमै पुग्नुपर्ने जस्ता नियम बनाइएको छ ।

बेनी नगरपालिकाको नमुना टोल समितिको रुपमा समेत स्थापित विरेन्द्रचोकबासीले आफुँले रोपेको विरुवाको आवश्यकता अनुसार संरक्षणमा समय दिने प्रतिबद्धता समेत जनाएका छन् । स्थापना दिवसको अवसरमा एक परिवार एक विरुवाको अभियान समेत सुरु भएको छ । वडा नं ७ भित्र रहेको प्रसिद्ध धार्मिकस्थल महरानी मन्दिरको प्रवेशद्धार समेत रहेको टोलले मन्दिरमा पुजाआजाका लागि आवश्यक पर्ने फुल समेत सडक आसपासमा लगाउने र सामुदायिक बन भित्रको माटोको परिक्षण गरी उपयुक्त विरुवाका लागि बेनी नगरपालिकालाई समेत सहयोगको अनुरोध गर्ने जनाएको छ।

तीनबर्ष अगाडी स्थापना भएको समितिले टोलका सार्वजनिकस्थल वरिपरीको फोहोर, नाली, बाटोघाटोमा हुन फोहोर ब्यवस्थापन, एक लाख ९५ हजार ४३ रुपैयाको लागतमा युरो गार्ड जडान गरी चौतारीमा निशूल्क शुद्ध खानेपानी, पदमार्ग, पुरानो चौतारी मर्मत, सहिद स्तम्भ सरसफाई, फुलको बगैचा, भाडामा बस्नेलाई स्वागत लगाएतका रचनात्मक कार्य गदैं आइरहेको छ । टोल सुधार समितिले सुरु गरेको बृक्षारोपण अभियानलाई वडा कार्यालयबाट ५० हजार रुपैयाँ विनियोजन समेत गरिएको छ । कार्यक्रममा बेनी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष सुवास कुमार श्रेष्ठ, बराहपाखो सामुदायिक बनका अध्यक्ष कुलप्रसाद श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।