सडक दुर्घटनामा दानाकी बृन्दा थापामगरको मृत्यु

पोखराको मालेपाटनमा ट्यांकरले ठक्करले अन्नपूर्ण गाउँपालिका ३ दानाकी बृन्दा थापा मगरको घटनास्थलमै मृत्यु भएको छ । ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकर नजिक मंगला गाउँपालिका–४ झाँक्रीपानीका धनबहादुर छन्त्यालको मोटरसाइकल र अर्को एक मोटरसाइकल ट्यांकरको मुनी परेको पोखराका प्रहरी नायव उपरिक्षक रविन्द्र गुरूङले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार ट्याक्कर नजिक दुइ्र्रवटाका घाईतेलाई तत्कालै उद्धार गरी अस्पतालमा लगिएको थियो । मृतक थापामगर हिस्तानको घराम्दी आधारभुत विद्यालयकी शिक्षक समेत हुन् ।

मृतक थापामगरको शव गण्डकी अस्पतालको शव गृहमा राखिएको छ । घाईते छन्त्याललाई जिरो किलोमिटरबाट थप उपचारका लागि मणिपाल अस्पतालमा लगिएको छ । घाईते छन्त्याल बरंजाको विश्वज्योती आधारभुत विद्यालयका शिक्षक हुन् । उनी खतरामुक्त रहेका छन् । शिक्षक सेवा आयोगको तयारीका लागि पोखरा थिए । दुवै क्याम्पसका सहकर्मी हुन् ।