तिप्ल्याङमा जीप खस्दा चालक सहित दुई बेपत्ता

0
355

रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा जीप खस्दा चालक सहित दुई जना बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप तिप्ल्याङको काले ओडार र गाँउगोडाको सिमानामा दुर्घटना हुदाँ बेनी नगरपालिका–९ काउलेगौँडाका ३२ बर्षिय रवी खड्का र घराम्दीकी २० बर्षिया सबिता नेपाली बेपत्ता भएको स्थानीयको भनाई उद्धित गदैं प्रहरीले जनाएको छ ।

बिहिबार घराम्दीबाट दुवै जना सवार रहेको बोलेरोमा खड्का र नेपाली बेनी तर्फ आएपनि बाटोमा अन्य यात्रा सवार भएको बारेमा जानकारी नभएको अन्नपूर्ण गाउँपालीका–७ का वडा अध्यक्ष गमबहादुर फगामीले बताए । घराम्दीका ओम बहादुर रन्तिजाको चालक खड्काले बोलेरो चलाउँदै आएका थिए । ‘घटनाका बारेमा अनुसन्धान भइरहेको छ,‘कालिगण्डकीमा फसेको जीप निकाल्न मुस्किल छ’ प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगरले भने ।

उनका अनुसार सडकबाट कालिगण्डकीमा खसेको जीपलाई निकाल्ने प्रयास भएपनि बर्षासंगै खेलाको बाहव बढेपछि समस्या भएको बताए । नदीमा अड्किएको जीप निकाल्न एक्साभेटर प्रयोग गरिएपनि समस्या भएको छ । मृतकका आफन्त समेत घटनास्थलमा पुगेका छन् । प्रत्यक्षदर्शीका अनुसार जीप एक्कासी खोलामा खसेको थियो ।