कालीगण्डकीको बिचमा अड्कीएको जिप, चालक र यात्रुको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी परिचालन गरिएको छ । नदीमा अड्कीएको जिप तान्नका लागि एक्साभेटर समेत प्रयोग गरीएपनी नदीमा पानीको सतह र बहाव बढेकाले समस्या भएको छ ।

साँझ परेपछि खोलामा रहेको जिपको हुटमा रसीले बाँधेर बगाउन नसक्ने बनाएर शुक्रबार थप तालीमप्राप्त जनशक्ति परिचालन गरी उद्धार कार्य गर्ने प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले जानकारी दिए। जिप तान्नका लागि क्रेनको व्यवस्था मिलाउन पहल गरिएको छ । नदी किनारमा पनि निगरानी बढाइएको छ ।
बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा बिहीबार दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका थिए। अन्नपूर्ण गाउँपालीका ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा खसेको थियो।
अन्नपूर्ण गाउँपालीका ७ का वडा अध्यक्ष गमबहादुर फगामीका अनुसार घराम्दीबाट जिप छुट्दा चालक बेनपा ९ का अन्दाजी ३२ वर्षिय रवी खड्का र घराम्दीकी २० वर्षिया सबिता नेपाली सवार थिए ।