म्याग्दीको मालिका गाउँपालिका ५ देबिस्थानमा विहीवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।मालिका गाउँपालिकाको आयोजना तथा संगम म्याग्दीको ब्यबस्थापनमा मालिका गाउँपालिकाका सातवर्ट वडाहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्न लागिएको हो । कार्यक्रममा देविस्थानवासीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । स्थानीयले जनप्रतिनिधि तथा कर्मचारीहरुलाइ सुझाब तथा जिज्ञासाहरु उठाएका थिए ।

जनताबाट आएक जिज्ञासाहरुको वडा अध्यक्ष पिपला बूढा, प्रमुख अतिथि मालिका गाउपालिकाका उपप्रमुख खरमाया बिटालु वडा वडा सदस्यहरु, ईलाका प्रहरी कार्यालयका प्रनानी सविन भन्डारी, भीम माविका प्रअ डम्बर बहादुर पुनले जवाफ दिनुभएको संगम म्याग्दीका सहजकर्ता हिरा पौडेलले जानकारी दिनुभएको छ । कार्यक्रममा भीम माविका छात्र छात्राहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशेषगरी शिक्षा, स्वास्थ्य, बन, कृषि कार्यालयका सेवा प्रवाह आदिको विषयमा जिज्ञासा उठेका थिए । विभिन्न जिज्ञासाहरुको उप उपमुख विटालु र वडा अध्यक्ष पिपला बूढाले उत्तर दिनुभएको थियो । सुरक्षा र गस्ती सम्बन्धि जिज्ञासामा प्रनानी सविन भन्डारीले हप्तामा एक पटक गस्ति गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको छ । कार्यक्रम सहजिकरण पत्रकार गोपाल छन्त्यालले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्य माथि संगम म्याग्दिका हिरा शर्मा ले प्रकाश पार्नु भएको थियो । कार्यक्रम संचालन सामाजिक परिचालक सन्दिप विकले गर्नु भएको थियो ।