बेनी नगरपालिका–५ पुलाचौरमा ट्याक्टर दुर्घटना हुदाँ सहचालक गम्भीर घाईते भएको छ । निर्माण साम्रागी बोक्न प्रयोग हुने ग १ त ५१८४ ट्याक्टर दुर्घटनामा बागलुङ जिल्ला दमेकका हिरा बहादुर परियार घाईते भएका छन् ।

घाईतेका स्थानीयबासीले उद्धार गरी स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी बेनी अस्पतालमा ल्याउने तयारी भइरहेको छ । घाइतेको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रहरीका अनुसार ट्याक्टर चालक प्रकाश कुमाल फरार छन् । घटनास्थलमा प्रहरी पुगेको छैन् ।